मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

जापानमा सन् २०२२ मा आत्महत्याको दरमा वृद्धि

जापानमा सन् २०२२ मा आत्महत्याको दरमा वृद्धि


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

टोकियो । जापानमा सन् २०२२ मा आत्महत्याको दर अघिल्लो वर्षको तुलनामा बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२२ मा कूल २१ हजार ५८४ जनाले आत्महत्या गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५७७ ले बढी हो ।

शुक्रबार सार्वजनिक तथ्याङ्क अनुसार १३ वर्षमा पहिलो पटक पुरुषको आत्महत्या दर बढेको उल्लेख छ । प्रारम्भिक तथ्याङ्कअनुसार अघिल्लो वर्ष सात हजार ४१ महिलाले आत्महत्या गरेका थिए, जुन अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले कम हो ।

जापानमा सन् २०१९ मा लगातार १० वर्षदेखि आत्महत्याका घटनामा निरन्तर कमी आएको भए पनि सन् २०२० मा विश्वव्यापी महामारीको सुरुवात भएदेखि नै तुलनात्मकरूपमा उच्च रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

सन् २०२० मा बेरोजगार व्यक्तिले आत्महत्या गर्नेको सङ्ख्या करिब ५० प्रतिशतले वृद्धि भई एक हजार ३८ पुगेको राष्ट्रिय प्रहरी निकायको अध्ययनमा आधारित मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

निवृत्तिवरण (पेन्सन) वा रोजगारीको सुविधा नपाएर जीवन यापन गरिरहेकामध्ये पाँच हजार ३४७ जनाले आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ । मानिसहरुले आत्महत्या गर्नुको मुख्य कारण स्वास्थ्य समस्या रहेको रिपोर्टमा बताइएको छ ।

आत्महत्या गर्नेहरूमध्ये ११ हजार १२५ जनामा पारिवारिक समस्या देखिएको छ भने चार हजार २१४ जनामा पारिवारिक समस्या रहेको तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयका अनुसार सन् २०२२ मा विद्यालय जाने उमेर समूहका बालबालिकाले आत्महत्या गर्नेको सङ्ख्या अघिल्लो बर्षकोभन्दा मात्र तीन सङ्ख्याले घटेर ४४१ पुगेको छ । सिन्ह्वा

शेयर गर्नुहोस:

54
Shares