मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

सरकार कस्तो ?

सरकार कस्तो ?

शेयर गर्नुहोस:

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अहिलेको सरकार लौ न कस्तो
२०२२ को विश्वकप जस्तो!
लोकतन्त्र पनि कस्तो कस्तो
जुम्लीहरुले बेच्ने शिलाजित जस्तो!
नेपालको गणतन्त्र के हो त्यस्तो
अपुतालीमा पाएको सम्पति जस्तो !
राजनीतिक दल पनि कस्ता कस्ता
अर्जेन्टिनाले होइन मेसीले
वर्ल्डकप जिते जस्ता 
संसदीय ब्यबस्था कस्तो कस्तो
प्रतिपक्ष बिनाको सरकार जस्तो
समानुपातिक क्या हो त्यस्तो
नेताको परिबारलाई आरक्षण गर्या जस्तो 
शंघीय सरकार पनि रहेछन उस्तै
भर्ति केन्द्र खोल्या जस्तै ।
अहिलेका मन्त्री कस्ता कस्ता
गाउँ घरका मुखिया जस्ता 
जनताले पाउने सेवा सस्तो
इन्सुरेन्सको नाममा ठग्या जस्तो!
नेताले गर्ने मायाँ कस्तो
अमेरिकाले युक्रेनलाई गर्या जस्तो 
हाम्रा जनता कस्ता कस्ता
भीरमा पछी लाग्ने भेडा जस्ता!
राजनीतिक पार्टीको सहमति कस्तो
गाउँलेले मासुको भाग लाको जस्तो !
युबा नेता कस्ता कस्ता
भुरा माछाको थुतुनो जस्ता !
भाषण गर्छन छुरा जस्ता
काम गर्छन सबै कच्चै कच्चा !
अहिलेका पुस्ता कस्ता कस्ता
आकाशबाट आफैँ खस्या जस्ता !
कस्तो रहेछ जमना यस्तो
अनौ बिनाको हलो जस्तो
लौरी बिनाको अन्धो जस्तो !
 
(युलेस, टेक्सस)