मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

रमेश विकलको स्मृतिमा स्थापित पुरस्कारहरू अर्पण

रमेश विकलको स्मृतिमा स्थापित पुरस्कारहरू अर्पण

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । रमेश विकल साहित्य प्रतिष्ठानले यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई प्रदान गरेको छ । 
 
पुरस्कारको राशी नगद ५० हजार रुपैयाँ रहेको छ । यसरी नै २० हजार रुपैयाँ राशीको रमेश विकल सुशीला समाजसेवी पुरस्कार लामो समयदेखि पशुपति क्षेत्रमा लावारिस शवहरूको निःशुल्क सद्गति गरी समाजसेवा गर्दै आएका सपना रोका मगरलाई प्रदान गरियो । 
 
रमेश विकल सृजना पुरस्कार वरिष्ठ समालोचक रमेश गोर्खाली, रमेश विकल बाल साहित्य पुरस्कार बाल साहित्कार लक्ष्मी उप्रेती तथा रमेश विकल सङ्घर्षशील नारी सम्मान धर्मशीला चापागाईंलाई प्रदान गरियो । 
 
रमेश विकल कला—संगीत पुरस्कार वरिष्ठ कलाकार तथा निर्देशक बद्री अधिकारीलाई प्रदान गरियो । यी सबै पुरस्कारको राशी नगद १० हजार रुपैयाँ रहेको छ । 
 
१४औँ विकल स्मृति दिवसको अवसरमा शनिबार राजधानीमा गरिएको कार्यक्रममा यी पुरस्कारहरू अर्पण गरिएको रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिए । 
 
प्रतिनिधिसभा सदस्य सन्तोष चालिसले उद्घाटन गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, प्रदेश सभासद् छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल लगायतले स्रष्टाहरूलाई पुरस्कार प्रदान गरेका हुन् । 
 
सोही अवसरमा रमेश विकलका प्रतिनिधि कथाहरू र विकलका चार पुस्ताका कथाहरूको लोर्कापण गरियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठ, साहित्यकारहरू प्राध्यापक डा. हेमनाथ पौडेल, प्राध्यापक जगत उपाध्याय, आलोक चालिसे, महेन्द्र चालिसे, वसन्त रिजाललगायतले नेपाली साहित्यमा विकलको योगदानको चर्चा गर्दै प्रतिष्ठानका गतिविधिबारे जानकारी गराएका थिए ।