मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

श्रष्टा साँझको पाँचौ बार्षिक उत्सव सम्पन्न

श्रष्टा साँझको पाँचौ बार्षिक उत्सव सम्पन्न

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) –  श्रष्टा साँझ अमेरिकाले आफ्नो पाँचौ बार्षिक उत्सवका अवसरमा आइतबार ड्यालसमा साहित्यकारहरुलाई सम्मान गरेको छ । साहित्य क्षेत्रमा समसामयीक विषयहरुमा निरन्तर छलफल चलाउँदै आएको श्रष्टा साँझ पछिल्लो समयमा निकै कृयाशील संस्थाका रुपमा परिचित छ ।
 
अमेरिकामा रहेर नेपाली भाषा साहित्यमा योगदान गरेका ११ जना श्रष्टाहरुलाई अर्भिंगमा आयोजित पाँचौ बार्षिक उत्सव कार्यक्रममा सम्मानित गरिएको छ । सम्मानित हुनेहरुमा बैकुण्ठराज आचार्य, डा. शिलु घिमिरे, राधाकृष्ण काफ्ले, सञ्जय घिमिरे, पुण्डरी अर्याल, लिलु गुरुंग, नेत्रबन्धु पोखरेल, उद्धव पोखरेल, खेमराज पोखरेल, भगवती पौडेल र बिटु केसी रहेका छन् । 

त्यस्तै श्रष्टा साँझलाई निरन्तर रुपमा सहयोग गरेर उचाईमा पुग्न सहयोग गर्ने शैलेस राज आचार्यलाई समेत विशिष्ट सम्मान गरिएको छ । कार्यक्रममा सानै उमेरदेखि श्रष्टा साँझका बिभिन्न गतिविधिदेखि निरन्तर सकृय र सहभागी चाहना खरेललाई पनि सम्मान पत्र प्रदान गरिएको थियो । 
 
बार्षिक उत्सव कार्यक्रममा श्रष्टा साँझ अमेरिकाका अध्यक्ष प्रभात दीक्षितले अहिलेसम्म गरेका कार्यहरुका बारेमा जानकारी दिनुहुँदै साहित्यको क्षेत्रमा साँझले एउटा पहिचान बनाएको उल्लेख गरे । त्यसका लागि सहयोग गर्ने सबैप्रति धन्यवाद सहित आभार व्यक्त गरेका छन् ।
 
त्यस अवसरमा एनआरएन अन्तर्राष्ट्रिय समितिका महासचिव गौरीराज जोशी, सम्मानित साहित्यकारहरुको तर्फबाट राधाकृष्ण काफ्ले, सचिव वैकुण्ठराज आचार्य, भगवती पौडेल, कुशाग्र वाग्ले, शशी भट्टराई, तारा बराल, राजेन्द्र वाग्ले, निर्मला राई, हरि बहादुर थापा लगायतले संस्था र साहित्यिक गतिविधिका बारेमा भनाईहरु राखेका थिए । 
 
त्यस अवसरमा संस्थाले प्रकाशित गरेको स्मारिकाको समेत विमोचन गरिएको थियो । 
 
कार्यक्रमकै अवसर पारेर ड्यालस फोर्टवर्थमै पहिलो पटक नेपाली पुस्तकको प्रदर्शनी समेत गरिएको थियो । त्यस अवसरमा पुस्तकप्रेमीहरुले उपलव्ध पुस्तकहरु मध्यबाट आपूmलाई मन परेको किताबहरु किनेका थिए ।