मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भानु जयन्तीमा कृतिहरू विमोचित

भानु जयन्तीमा कृतिहरू विमोचित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरिसभिल (अमेरिका) – अन्तरराष्ट्रीय नेपाली साहित्य समाज नर्थ क्यारोलाईनाको आयोजनामा क्यारी शहरको नर्थक्यारी पार्क सेल्टरमा भानुजयन्ती कार्यक्रम सम्पन्न भएको छ ।
 
कार्यक्रममा ग़ज़लकार डा. ऋषि बस्ताकोटीबाट लिखित मुक्तक संग्रह ‘बिसंगत बस्ती’ र लोक कवि सुरेशकुमार भट्टका सोली डोली (लोकवेद), साइनु ( लोक काव्य), कॉचुली (उक्तक संग्रह), मलाई मन पर्छ (बाल कविता संग्रह) र त्रितीय समर कोरोना कहर (हाइकु कविता संग्रह) को लोकार्पण तथा समीक्षा गरिएको थियो । 
 
मुक्तककार डा. बस्ताकोटीको ‘बिसंगत बस्ती’ को गहन अध्ययनगरी मुलुकको बिसंगतीमा मुक्तककारबाट गरिएको व्यंग्य चिन्ता र सामाजिक तथा वातावरणका साथै समाधानमा राज्यको दायित्व सम्बन्धमा समिक्षक नम्रता गुरागाईले सारभूत समिक्षा गर्नुभएको थियो। त्यस्तै वातावरणविद द्वयले बिसंगति पूर्ण  नेपालको मानवीय वातावरण बारे डा. अच्युत शर्मा र विज्ञ ईश्वरचन्द्र देवकोटाले क्षमतावान बस्ताकोटीका पुस्तक सानो होस् कविता वा मुक्तक छोटाहुन तर सानोमा सारभूत भाव र विषय बस्तु समेटिने भएकोले ऊनका मुक्तकमा शुक्ष्म सागर भेटिने, बिसंगतिलाई मात्र नऔल्याई समाधान तिर पनि ईंगित गरेको भेटिन्छ भन्नुभयो। 
 
अर्का समिक्षक कल्पना बस्ताकोटीले राजनीति गर्नेले राजनीति, वातावरणीयविदले वातावरणको, गृहिणी रराज्य व्यवस्थापन उहाँका लेखन सशक्त र प्रभावकारी छन् त्यसैले नेता र सरकार मात्र हैन घरकी घर चलाउनी घरवालीलाई समेत शिक्षा प्रद र प्रेरणादायी रहेको चर्चा गर्नुभयो। 
 
त्यसैगरि लोककवि भट्टका पाँचै कृतिका संक्षिप्त समिक्षा गर्दै समिक्षक ईश्वरचन्द्र देवकोटाले लोकमा प्रचलित हराउँदै गएका लोक गाथा लोकमान्यतालाई संरक्षण पुगेको छ भने नयाँनयाँ शैली, कोउप विधाको प्रवर्तन, रोग महामारी र त्यसको पीडा अनि बालबालिकाका लागि अत्यन्त उपयोगी कवितात्मक सन्देश र सुझाव दिई गाउन मिल्ने बाल कविता मुलुकमा मात्र हैन हाम्रा बालबालिका बीच पनि नेपाली भाषाको उन्नयन र संरक्षण तथा प्रयोगमा उपयोगी सिध्द हुने भट्टका हरेक पुस्तक पाठकले रूचाउने र व्यवहारिक ज्ञान लिने खालका रहेको उल्लेख गर्नुभयो ।  
 
त्यसैगरि संचारकर्मी एबम् समिक्षक प्रभा पोखरेलले सोली डोली लोक वेद लाई जसरी चार वेदमा विभिन्न ऋचा सुत्र आदि छन् त्यसैगरि लेखकले यो लोकवेदलाई पनि लोकमा प्रचलित उखान, टुक्का, लोकगाथा, उक्तिसुक्ति कहावत भनाइलाई अनुप्रास युक्त हाइकु शैलीमा प्रस्तुत गरेर नयाँ सिर्जना काव्यको रूपमा दिइएको चर्चा गर्नुभयो ।
 
 त्यस अवसरमा नेपाली बालबालिकाहरूबाट वक्तृत्वकला  र चित्रकला प्रतियोगिता अत्यन्तै प्रशंसनीय रह्यो । आदिकवि भानुभक्तको नेपाली भाषामा रचित रामयण बाचनको अतिरिक्त धेरैजना कविहरूले कविता बाचनगरी श्रद्धासुमन अर्पण गरेका थिए । अनेसासकी अध्यक्ष नम्रता गुरूगाईंको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा समिक्षक डा। अच्युत शर्मा, ई। ईश्वरचन्द्र देवकोटा, नगेन्द्र न्यौपाने, नारायण राजभण्डारी, निर्मला राजभण्डारी,  साहित्यकार समिक्षक प्रभा पोखरेल,कल्पना बस्ताकोटी, एनसीएनसी का अध्यक्ष आर पी पौडेल र  नम्रता गुरागाईंले प्रकाश पार्नु भएको थियो । सो कार्यक्रमको संचालन सुजाता ढुंगेल र बिक्रम गौतमले गर्नु भएको थियो । लेखक द्वयले आ-आफ्ना पुस्तकका बारे संक्षिप्त चर्चा गरेका थिए।