मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिकाको चर्चा

गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिकाको चर्चा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले नेपाली राजनीतिमा खेलेको भूमिकाको शनिबार रत्ननगरमा चर्चा गरिएको छ ।

कोइरालाको ९९औँ जन्मजयन्तीको अवसरमा आयोजित विचार गोष्ठीमा कांग्रेसका केन्द्र तथा जिल्लास्तरका नेताहरुले मुलुकमा गणतन्त्र स्थापनाको लागि कोइरालाले खेलेको भूमिकाको चर्चा गरेका हुन् । जंगलमा रहेको माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन कोइरालाले खेलेको भूमिकाकै कारण दसवर्षे जनयुद्धको अन्त्य भएको उनीहरुको भनाइ छ । 
कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरूङले कोइराला शान्ति, क्रान्ति र विकासको नेतृत्वकर्ता रहेको बताए । ‘दस वर्षे जनयुद्धका नाइके प्रचण्ड गणतन्त्रको पक्षमा थिएनन्’ उनले भने, ‘राजासँग सहकार्य गर्न पहल गरिरहेका प्रचण्डलाई शान्तिप्रक्रियामा ल्याएर गणतन्त्र स्थापना गर्न कोइरालाले योगदान गरेका हुन् ।’
कार्यक्रममा कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालले गिरिजाप्रसाद कोइरालाको विचार र दृष्टिकोणका आधारमा मुलुक अगाडि बढिरहेको बताए । चितवनको विकासमा पनि कोइरालाले मह¤वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । 
पदमपुर स्थानान्तरण,भरतपुरमा क्यान्सर अस्पताल सञ्चालन,लोथर ड्याक निर्माण,माडीलाई भरतपुरसँग जोड्न राप्तीमा पुल निर्माण गिरिजाप्रसाद कोइरालकै पालामा भएको जिल्ला अध्यक्ष खनालले बताए । 
संविधानसभा सदस्य तथा पूर्वशिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले जीवनको अन्तिम समयमा राजतन्त्र फालेर गणतन्त्र स्थापनाको लागि कोइरालाले लिएको अडानका कारण मुलुकमा परिर्वतन सफल भएको बताए ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट चितवनका अध्यक्ष कमल आचार्यले कोइरालाले पार्टीभन्दा पनि देशलाई शिरमा राखेर काम गर्न सफल भएको बताए । संविधान निर्माण र गणतन्त्र स्थापनाको लागि उनले खेलेको महत्त्वपूर्ण भूमिकाले देश सही दिशामा अगाडि बढेको बताए ।  
गिरिजाप्रसाद कोइराला फाउन्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट क्षेत्र नं १ क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रममा कांग्रेसका पूर्वक्षेत्रीय सभापति कुमार कार्की, प्रदेश समिति सदस्य महेशप्रसाद रौनियार, नेपाल महिला संघकी केन्द्रीय सदस्य सुशीला उप्रेती, विपी स्मृति प्रतिष्ठानका केन्द्रीय सहसचिव रुपनराज घिमिरे, गणेशमान अध्यायन प्रतिष्ठानका केन्द्रीय सदस्य सूर्यकान्त घिमिरे, महासमिति सदस्य शशि रानाभाटलगायतले मन्तव्य राखेका थिए । 
फाउन्डेसनका प्रदेश समितिका संयोजक गोविन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक विष्णुबहादुर भट्टले स्वागत मन्तव्य राखेका थिए ।