मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

एनआरएनए : उद्देश्यबाट परजाँदा बिग्रिएको सुन्दर संस्था

एनआरएनए : उद्देश्यबाट परजाँदा बिग्रिएको सुन्दर संस्था

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विदेशमा बस्ने नेपालीबीच सबैभन्दा ठूलो सञ्जाल भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अहिले छ्या भन्नुपर्ने अवस्थामा पुगेको छ । साढे दुई वर्षयता भएका एकपछि अर्को तमासाले एनआरएनएमै बस्ने कि विकल्प खोज्ने भन्ने प्रश्न धेरैमा उब्जिएको छ । 
 
विदेशमा बस्ने नेपालीको पक्षमा काम गर्ने उद्देश्य राखेर अभियानका रुपमा सन् २००३ मा एनआरएनए संस्थापना भएको थियो । सन् २०२२ सम्म आउँदा विदेशमा बस्ने नेपालीलाई एनआरएनएले फाइदा गर्‍यो कि बेफाइदा यसको विस्तृत समीक्षा हुनुपर्ने बेला आएको थियो । तर, संस्थाभित्र विचार विश्लेषण होइन व्यक्तिगत स्वार्थले विवाद बढ्यो ।
 
केही दिनअघि एउटा समुहको जुम वैठकमा एनआरएनए उपाध्यक्ष रविना थापाले गम्भिर विषय उठान गरिन् । उनले भनिन् जव एनआरएनए थिएन त्यसवेला पनि थुप्रै नेपाली वाहिर काममा जानुहुन्थ्यो । लाउरे भनिन्थ्यो । कामका क्रममा विदेशी सेनामा भएपनि त्यहांको नागरिकता लिएपनि केही फरक पर्दैैन्थ्यो । नेपाली नागरिकता पनि रहन्थ्यो, नेपालमा चुनावमा उठन् वा भोट हाल्न पनि पाउनुहुन्थ्यो । अहिले हामी एनआरएनए भयौ यस्ता अधिकार गुमायौं ।
 
रविनाले भनेजस्तै एनआरएनए हुदां विदेशमा वस्ने नेपालीलाई लाभ भयो कि हानी यो अव उठिरहने प्रश्न हो । 
 
सन् २००३ मा एनआरएनएले पहिलो विश्व भेला गर्दा सोल्टी होटलमा रौनक थियो । काठमाडौमा धेरै पछि यस्तो ठुलो जमघट हुदैं थियो । सोल्टी होटलका प्राय सवै कोठा भरिएका थिए । त्यहांको ब्याकट हलका म्यानेजर बलराम पाठकको अनुहारमा खुशी छाएको थियो । सधै झै सेवाको गुणस्तरमा कुनै कमी नआयोस भनेर उनी दौडधुप गरिरहेका हुन्थे । माओवादी युद्धको वेला थियो । काठमाडौ सांझ पर्ने वित्तिकै सुनसान हुन्थ्यो । मिडियामा हत्या हिसाका समाचार वढी आउंथे । अर्थतन्त्र कमजोर हुदैं गएको थियो । निराशा वढ्दो थियो । 
 
यो माहोलमा काठमाडौमा एनआरएनएको पहिलो भेला हुदैं थियो । यसले निराशामा केही उत्साह थपेको थियो । काठ्माडौमा केही भएपनि सकृयता वढेको थियो । 
 
एनआरएनए  स्थापनाका लागि नेपाल उद्योग बािणज्य महासंघले आफ्नो कार्यालय प्रयोग गर्ने सुविधा दिएको थियो । महासंघका तत्कालिन वरिष्ठ पदाधिकारी सुरज वैद्य विश्व भेला आयोजनामा खटेका थिए । सरकारपनि आयोजक थियो । एनआरएनए ठिक समयमा, सुन्दर अभियानका रुपमा आएको थियो । 

पहिलो भेलामा मुख्य रुपमा दुईवटा मुद्दा उठ्यो । विदेशमा वस्ने नेपालीले एक पटकको नेपाली सधैको नेपाली हुन पाउनु पर्छ भन्ने माग गरे । सरकारले विदेशमा वस्ने नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गर्यो । स्थापनाका यी दुई नै मुख्य मुद्दा थिए ।
 
त्यहां राजनीति थिएन । राजनीतिक पार्टीको प्रभाव थिएन । सत्तारुढ र विपक्षी लगायत अन्य सवै राष्ट्रिय पार्टीका प्रतिधिनि आएका थिए । आफ्नो कुरा राखे , विदेशमा वस्ने नेपालीका कुरा सुनेर वुझे जस्ता गरेका थिए । 
 
नेपालको मुलधारको मिडियाले एनआरएनएलाई पनि त्यसरीनै वुझ्यो । लगानीका समाचार छापियो । उपेन्द्र महतोले विद्युत उत्पादनमा यति लगानी गरे भन्ने समाचार आयो । सानिमा बैंक, एनसेल, कान्तिपुर टेलिभिजन जस्ता विदेशमा वस्ने नेपालीले स्थापना गरेका कम्पनीका वारेमा सकरात्मक समाचार आए । विदेशमा वस्ने नेपालीले गरेका प्रगतिका समाचार आए । विदेशमा दक्षता हासिल गरेकाहरु समाचारमा आए । समग्रमा उत्साह जगाउने समाचार आए । त्यसैले मिडिया हाउसले एनआरएनएलाई आर्थिक बिट्मा राखेका थिए । पहिलो प्रवक्ता जुगल भुर्तेलले चाहेअनुसार भएको थियो । एनआरएनएका राम्रो उत्साह जगाउने विषयलाई नेपाली मिडियाले समाचार वनाए । यो अहिलेसम्म निरन्तर छ । 
 
एनआरएनएको विवाद मुल धारको नेपाली मिडियाको समाचार नै होइन भन्ने अहिले पुष्टि भएको छ । यो विवाद, यसै साता काठमाडौमा भएका दुईवटा भेलालाई नेपालको मुलधारको मिडियाले खासै स्थान दिएन । 
 
यो अभियानले विदेशमा वस्ने नेपालीलाई एनआरएन भन्ने नयां पहिचान दियो । त्यस पछि विदेशमा बस्ने नेपालीको लगानी कसरी वढाउने, नेपाली नागरिकताको निरन्तरता, समाजिक क्षेत्रमा सहयोग जस्ता विषयमा एनआरएनए केन्द्रिय रह्यो । 
 
राम्रो उद्देश्यले स्थापना भएको उदाहरणीय संस्था एनआरएनए सन् २०२० मा आईपुग्दा तामासमा परिणत भएर गयो । कसरी ?
 
एनआरएनएका सल्लाहकार हरिबोल भण्डारीलाई यो प्रश्न सोधें । उनले भने, हिन्दी फिल्ममा अमिताभ बच्चनको एउटा चर्चित डाइलग छ म जहां उभिन्छु लाइन त्यही वाट शुरु हुन्छ । अहिले एनआरएनएमा लाग्नेहरु कयौंले आफुलाई अमिताभ बच्चन ठानेका छन् र लाइन आफुवाटै शुरु हुनुपर्छ भनेर दावी गर्छन । मिल्न नसक्नुको कारण यही हो । 
 
एनआरएनएमा यो कार्यसमितिले ६ महिना यता चार पटक चुनाव घोषणा भयो । चुनाव भएन । अहिले सहमतिका नाममा ३ जना अध्यक्ष लगायत कयौं पद थप्न लागिएको छ । फेरी अर्को तमासा हुदैं छ । विवादको गांठो फुकाउनुको सट्टा झन थपिदैं छ । विवाद मिलाउने भन्दै एनआरएनए अभियानमा असम्वन्धित राजनीतिक पार्टीका नेतालाई प्रयोग गर्ने काम भयो । नेपाली कांग्रेस सभापित शेरबहादुर देउवालाई पत्र पठाएर विवाद मिलाउन आग्रह गरियो । 
 
यसको सिधा अर्थ हो हामी आफु मिल्न सक्दैनौं तपाईहरु आएर मिलाईदिनुु पर्यो भनेको हो । यो गलत अभ्यास थियो । यो एनआरएनएमा लागेका कयौं साधारण सदश्यले नचाहेको अभ्यास हो । यो संस्था भित्र राजनीति पार्टीलाई भित्राउने हो भने विवाद कहिल्लै पनि सकिदैंन । तमासा भईनै रहन्छ । नेपाल यसैपनि वढी राजनीतिले समस्यामा छ । सवै संस्थामा राजनीति हुनु हुदैन भन्ने थियो । तर, अहिले विवाद मिलाउने नाममा जे नहुने पर्ने हो त्यही भयो । 
 
राजनीतिक पार्टीका नेतालाई यी सुझाव आग्रह, लिखित निवेदनले केही काम गरेनन् । कसैले उनीहरुलाई टेरेन भन्दा पनि हुन्छ । त्यही भएर त समस्या समाधान भएन । 
 
फेरी एनआरएनएले विदेशमा वस्ने सवैलाई प्रतिनिधित्व गर्छ भन्ने पनि सत्य होइन । अहिले करिव ५० लाख नेपाली विदेशमा रहेको वताईन्छ । तर, एनआरएनएको सदश्य संस्था १ लाख ६ हजार मात्र छ । एनआरएनएको विवादमा पस्दा राजनीतिक पार्टीलाई पनि फाइदा छैन । 
 
विदेशमा वसेर राजनीतिक पार्टीसंग नजिक छु भन्नुकुनै अर्थछैन । नेपालमा वस्नेले विदेशमा वस्ने नेपालीलाईे बौद्धिक वा आर्थिक रुपमा कति सक्षम छ त्यस आधारमा  मूल्यांकन हुन्छ । सवैले यो वुझ्दा राम्रो । यी दुवै छैन भने वोलेर वा फेसबुकमा लेखेरमात्र केही हुने वाला छैन । 
 
नेपाली नागरिकताको निरन्तरता र नेपालको आर्थिक विकासका लागि विदेशमा वस्ने नेपाली भन्ने अतिनै स्पष्ट उद्देश्य राखेर एनआरएनए अभियान वढेको थियो । यो उद्देश्य भित्रै केन्द्रित हुन नसक्दा एनआरएनए तोडमोड हुदैं गयो । समस्या देखिदैं आए । 
 
हयात होटलमा दुई बर्ष अघि आयोजना गरिएको विश्व भेलामा एनआरएनएमा संकट छ, भन्ने देखिएको थियो । तर, वर्तमान नेतृत्वले यसलाई वुझेर सच्याउने प्रयास गरेन । जानेर वा नजानेर झन विवाद वढाउने कामहरु भए । आफुले तोकेको समयमा चुनाव गर्न नसकेपछि र आफ्नो कार्यकाल सकिएपछि नेतृत्वले राजिनामा गरेर समस्या समाधानका लागि मार्ग प्रशस्त गर्न सक्थ्यो । तर, यो भएन । उल्टो संस्थाको नेतृत्वनै अदालतमा मुद्दा हाल्न पुग्यो । 
 
एनआरएनए विशुद्ध विदेशमा वस्ने नेपालीको हितका लागि लविगं गर्न गठन भएको संस्था हो । यसको उद्देश्य विदेशमा वस्ने नेपालीको पक्षमा लविगंनै हो । त्यही भएर यसलाई अभियान भनिएको हो । अभियानले लविगं गर्छ मुद्दा मामिलामा जांदैन । तर, वर्तमान नेतृत्वले त्यो वुझेन । अभिताम बच्चन हुन खोज्यो । यो अपरिपक्कता थियो । 
 
विदेशमा वस्ने नेपालीका समस्या पहिले भन्दा अहिले वढेका छन् । तर, एनआरएनए भित्र यस्ता मुद्दा सम्वद्ध निकायमा राखेर दवाव दिने भन्दा पनि गफमात्र बढी हुने गर्छ । नेता वन्ने होडबाजीमात्र देखिन्छ । केहीले आफ्नो व्यापारिक उद्देश्यमा संस्थालाई उपयोग गर्न खोजका पनि छन ।
 
खाडी वा मलेसियामा काम गरेर कमाएको पैसाले घरमा एउटा टेलिभिजन लैजांदा नेपाल भन्सारमा दुख्ख पाइन्छ । ३२ इन्चको ल्याउंदा भन्सार लाग्दैन ३३ इच्चका ल्याउंदा लाग्छ, भन्दै सरकारका कर्मचारी एयरपोर्टमा इन्ची टेप लिएर वसेका छन् । जहाजले ल्याउने एउटा टेलिभिजनका लागि सरकारले इन्ची टेप लिएर वस्नु कदापी जायज होइन । 
 
घरका परिवारका लागि विदेशमा कमाएको पैसावाट आठ, दश तोला सुन ल्याउंदा पक्राउ गरिएको छ । एयरपोर्ट लथालिगं छ । त्यहां कर्मचारी देखि प्रहरीसंग विदेशवाट आउनेलाई कसरी ठग्न सकिन्छ भनेर बसेका हुन्छन् । जहाजवाट झर्दा जेट लागिरहेको हुन्छ त्यस अवस्थामा एयरपोर्ट बाहिर निस्कंदा ट्याक्सीले तानातान गर्छन । जम्मा दुईवटा वोतल मदिरा ल्याउंदा दुख्ख पाउनेहरु छन् । यतिसम्मकी यात्रु प्रतिक्षालयमा वस्न समेत पैसा तिर्नु पर्ने वनाईएको छ । 
 
यस्तो मुद्दामा एनआरएनएले सरकार माथि दवाव दिनुपर्ने थियो । यो भएको छ्रैन । यति मात्र होइन रविना थापाले भने जस्तै एनआरएनए नहुदां पाएका सुविधा सहुलियत पनि अहिले गुम्दै छन ।