मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

जुलाई पहिलो साता ड्यालसमा एएनए सम्मेलन (भिडियो सहित)

जुलाई पहिलो साता ड्यालसमा एएनए सम्मेलन (भिडियो सहित)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) । अमेरिकाका नेपालीहरुको सबैभन्दा पुरानो संस्था ‘एसोसिएसन अफ नेप्लिज इन दी अमेरिकाज’ (एएनए) को सम्मेलन आउँदो जुलाई महिनामा ड्यालसमा हुने भएको छ । 
आगामी सम्मेलनका बारेमा जानकारी दिन शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा एएनएका अध्यक्ष विजयराज भट्टराईले अमेरिकामा न्यूयोर्क पछि सबैभन्दा धेरै नेपाली समुदायको बसोबास रहेको ड्यालसमा जुलाई २ र ३ तारिकमा सम्मेलन हुन लागेको जानकारी दिए । ‘पछिल्लो दशकमा ड्यालसमा हाम्रो समुदायका सदस्यहरु ठूलो संख्यामा थपिएका छन् । ड्यालसमा सम्मेलन हुने भएपछि सबैतिरबाट साथीहरुको यहाँ आउने र हेर्ने चाहना पनि बढेको छ’ भट्टराईले सम्मेलनका बारेमा जानकारी दिँदै भने ।
 
३९ वर्ष अघि सन् १९८३ मा एएनएको स्थापना भएको थियो । त्यतिखेर निकै थोरै नेपालीहरु अमेरिकामा थिए । अहिले झण्डै तीनलाखको हाराहारीमा नेपालीहरु अमेरिकामा रहेको चर्चा गरिन्छ । 
एएनए इतिहास रचेको संस्था मात्र नभएर यसका गतिविधिहरु प्रति पनि विगतमा निकै चासो हुने गरेको थियो । केही वर्ष अघि संस्थामा देखिएको विवादले संस्था सेलाएको थियो । तर अहिले यसले पुरानै गति र लय समात्ने प्रयासमा अघि बढिरहेको समेत भट्टराईले उल्लेख गरे । 
 
यस अघि सन् २००५ र २०१२ मा पनि एएनएको सम्मेलन ड्यालसमा भएका थिए । त्यतिखेर भन्दा यसपटक नेपाली समुदायहरु बढेका छन्, स्थापित व्यक्तिहरु ड्यालसमा थपिएका छन् र ड्यालसमा कार्यक्रम हुने भनेपछि अमेरिकाभरिनै चासोका रुपमा लिइने गरेको समेत आयोजक संस्थाका पदाधिकारीहरुले उल्लेख गरेका छन् । हरेक वर्षको जुलाईको पहिलो सप्ताहन्तलाई एएनएले आफ्नो स्थापना दिवस तथा सम्मेलन आयोजना गरेर मनाउँदै आएको छ । जुलाई ४ मा अमेरिका स्वतन्त्र भएको दिवस मनाइने र त्यही सेरोफेरोमा सार्वजनिक छुट्टी समेत हुने भएकोले सपरिवार बिदा मनाउने जाने चलन छ । त्यसैलाई उपयोग गर्दै एएनएले सम्मेलन गर्ने चलन चलाउँदै आएको छ ।
 
सम्मेलनका क्रममा नेपाली फोरम, टेक्नोलोजी ट्रान्सफर्मेसन, बिजनेस फोरम, लिगल फोरम, किड्स इभेन्ट, उमन फोरम, ब्रेन गेन फोरमका अतिरिक्त नेपाली फिल्म फेस्टिबल समेत हुनेछन् । 
कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि ड्यालसबासी नेपाली समुदायका अगुवाहरुले हरतरहले सहयोग गर्ने वचन दिएका छन् । कार्यक्रमको सहआयोजकका रुपमा ड्यालसका नेपालीहरुको सबैभन्दा बलियो संस्था ‘नेपाली समाज टेक्सस’ (एनएसटी) रहेको छ । एनएसटीका अध्यक्ष राजेन्द्र वाग्लेले ड्यालसमा जुलाईमा हुने एएनएको सम्मेलन अहिलेसम्मकै सबैभन्दा सफल बनाउने प्रयासमा लागेको बताए । 
 
पत्रकार सम्मेलनमा नेपाली समुदायका यमुना भट्टराई, शैलेस राज आचार्य, प्रभात दीक्षित, सुरेसचन्द्र पोखरेल लगायतले कार्यक्रमलाई सफल बनाउन संस्थाले समुदायसँग राखेका अपेक्षाका बारेमा जिज्ञासा राखेका थिए । संस्थाका गतिविधिका बारेमा अध्यक्ष भट्टराई, कृष्ण कुसुम लगायतले कार्यक्रममा अमेरिकामा रहेका र लामो समयदेखि यही बसेर बिभिन्न प्रोफेसनल क्षेत्रमा स्थापित व्यक्तित्वहरुको समेत सहभागिता हुने भएकोले समुदायले एक भएर सदभाव, सहयोगको अपेक्षा राखेका थिए । 
 
कार्यक्रमबाट वचत भएको रकम नेपाली समाज टेक्ससले सञ्चालन गर्ने पाठशालाका लागि प्रदान गरिने समेत जानकारी दिइएको थियो ।

युलेसमा भव्य र सब्य  रूपमा मार्च १९ तारिक शनिबारका दिन होली खेलिने

युलेसमा भव्य र सब्य रूपमा मार्च १९ तारिक शनिबारका दिन होली खेलिने