मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

विभाजित र विवादित एनआरएनए, दुईवटा चुनाव घोषणा

विभाजित र विवादित एनआरएनए, दुईवटा चुनाव घोषणा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गैर आवासीय नेपाली संघ (एनआरएनए) विभाजित र विवादित दुई वटा चुनाव हुने भएको छ ।  संस्थापन पक्षले घोषता गरेको चुनावमा उम्मेदवारी नदिएको समुहले पनि चुनावी प्रकृया शुरु गरेको छ । 
 
एनआरएनएका पुर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलले संघको केन्द्रिय समितिको निर्वाचन गराउन नयां निर्वाचन  समिति गठन गरेका छ । यो पनि एनआरएनए विधान २००३ (२०२१ संशोधन सहित)को व्यवस्था अनुसार गठन गरिएको दावी गरिएको छ । 
 
संस्थापन पक्षले घोषणा गरेको चुनाव अघिनै यो निर्वाचन हुने भएको छ । यसका लागि दशौं महाधिवेशन मार्च २२ देखि २५ सम्म काठमाडौंमा आयोजना गरिने भएको  छ । संस्थापन पक्ष्ँको चुनाव मार्च २४ र २५ मा तोकिएको छ । यसका लागि प्राय सवै पदमा उम्मेदवारी परेको जनाईएको छ । अहिले समय सकिएपनि अहिलेसम्म अन्तिम उम्मेदवार सुची सार्वजनिक गरिएको छैन । 
 
प्रमुख संरक्षक घलेलाई उदृत गर्दै दशौं महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन् । यसको संयोजकमा उपाध्यक्ष सोनाम लामा तोकिएको छ । 
 
प्रमुख संरक्षक घलेलाई उदृत गर्दै सार्वजनिक गरिएको विवरण अनुसार निर्वाचन समिति संयोजकमा विश्व बराललाई तोकिएको छ । बराल एनआरएनए अमेरिका निर्वाचन समितिका संयोजक पनि हुन् । एनआरएनए  चुनाव गराउनमा उनीसंग राम्रो अनुभव छ । 
 
निर्वाचन समितिका अन्य सदश्यमा इन्द्रा बन, बासुदेव फुलारा, डमर घले, पुष्प थापा, विमल सुवेदी र प्रकाश धमला छन्  । फुलारा अमेरिकाका वसेर कानुनी परामर्श दिदैं आएका छन् । उनी एनआरएनए अमेरिका निर्वाचन समितिका सदश्य पनि हुन् । इन्द्रा वन, लगायत अन्य सदश्य एनआरएनए अभियानमा सकृय छन् । 
 
दुई पक्ष लचिलो भई सहमतिमा नआए कुन एनआरएनए समिति आधिकारिक हो भन्ने विवाद हुने छ । काठमाडौ स्थित एनआरएनए अफिसमा को वस्ने भन्नेमा पनि हानथाप हुने छ । 
 
यो विवाद आईसीसीमा मात्र होइन विश्वभरका एनसीसीसम्म पनि विस्तार हुने छ । त्यहां पनि कुन आधिकारिक भन्ने विवाद, हानथाप हुने छ समाजिक संजालमा आरोप प्रत्यारोप देखिने छ । 
 
वर्तमान नेतृत्वले समान्य विवाद मिलाउन नसक्दा एनआरएनए यो अवस्थासम्म आएको हो । आफुैले घोषणा गरेको चुनाव गर्न नसकेपछि केही महिना अघिनै पदावधि पुरा गरेको यो नेतृत्वले राजिनामा गरेको भए समस्या सल्टिने वाटो तर्फ जान सक्थ्यो । बर्तमान नेतृत्वले यो अवसर गुमाएको छ । 
 
अहिलेपनि नेतृत्वले राजिनामा दिई अलग भएको अवस्थामा दुवै समुहका निर्वाचन कार्यक्रम स्थगित गरेर नयां चुनाव गर्न सकिने चुनाव दिईएको छ । 
 
डेलिेगेटमा कसलाई राख्ने कसलाई नराक्ने विवादले यो रुप लिएको हो । डेलिगेटको सुची वनाउंदा चुनावी जोड घटाउन गरिएकाले पनि समस्या आएको हो । वर्तमान नेतृत्व यो मिलाउन असफल भयो । 
 
विशेष साधारण सभामा गरिएको विधान संशोधन पनि असफल भएको छ । विवादको कारण विधान संशोधन पनि हो ।