मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

बिर्सनै नसकिने ह्युस्टनका चारदिन ….

बिर्सनै नसकिने ह्युस्टनका चारदिन ….

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गत फेव्रुअरीको १८ तारिख, मित्र तारा बराल र उहाँकी अर्धाङ्गिनी साहित्यकार विटु केसी बरालको निमन्त्रणामा ह्युस्टनतिर उडदा मनमा किंचित पनि अनुमान थिएन कि यो चारदिनको भ्रमणले मेरो २० वर्षे अमेरिकी बसाईको सम्पूर्ण अनूभवलाई नै चूनौती दिनेछ ।
 
तारा बरालसंगको मेरो परिचय धेरै लामो छ । मेरो मामाको छोरा विनोद गौतमको मित्र मंण्डलीमा हुनुहुन्थ्यो उहाँ र मेरो अधिकांश काठमाण्डौं बसाईमा विनोद मेरा दाइ र मित्र थिए,ताराजी मेरो मित्रहरूको मित्र हुनुहुन्थ्यो । म एकदम दुव्लो ,ख्याउटे,लामा जुड्गा पालेको ठिटो थिएँ र उहांहरूको पछि पछि लागेर कुरा सुन्थें  । संगै पर परसम्म हामी गीत सुन्दैं रत्नपार्क वरिपरि घुम्थ्यौं । उतिवेलाको रत्नपार्क आजको जस्तो अस्तव्यस्त थिएन । सिनित्त र सफा थियो । पाकेटमा पैसा हुंदैनथ्यो , तर मन त्यसै त्यसै हलुको भएर वातावरण तरंड्गीत हुन्थ्यो ।
 
दिन बिते , समयले फड्को मार्दै गयो । म ताराजीबाट शायद विस्मित भएँ,तर उहाँ मबाट विस्मित हुन सक्नुभएन । विनोद पढन रूस गए, म विराटनगर गएँ । ताराजीसंग यदाकदा भेट भए पनि सम्पर्क सुत्र विनोद नभए पछि हामी दुवै विरपित दिशातिर लाग्यौं । पछि उहाँ भद्रपुर जानु भयो र अखबार  निकालेर राजनैतिक परिवर्तनको लागि सक्रिय योगदान दिन थाल्नुभयो  ।
 
म विराटनगरमा र पछि काठमाण्डौंको वानेश्वरमा छापाखाना संचालन गर्दै फुटकर लेखरचना लेख्ने र साप्ताहिक विमर्शमा राजनैतिक लेखहरू लेख्न थालें ।समयले फडको माऱ्यो,ताराजीका लेख रचनाहरू विभिन्न पत्रपत्रिकामा निस्कन थाले, गोरखापत्रको प्राधानसम्पादक पनि हुनुभयो । पत्रकारिता वृतमा एक सुपरिचित नाम हुनुभयो । सुन्दा पढदा खुशी लाग्थ्यो ।
सन् २००४ मा बोस्टनमा आएर घरजम गरेर बस्न थालें म । उहाँ ह्युष्टनमा आएर जीवनको वेग्लै अनुभव संगाल्नमा व्यस्त हुनुभएछ । यता मेरो आफ्नै संघर्षको कथा सुरू भयो ।
 
दिन बिते , वर्ष बिते – ३ वर्षअघि मेरो मामाको छोरा र हामी दुवैको मित्र विनोद गौतमको कैंन्सर रोगवाट स्वर्गवास भयो । मैले फेसवुकमा पोस्ट गरेको देखेर ताराजी भावविह्वल हुनुभएछ  । र त्यसपछि हामी संपर्कमा पून जोडियौं ।
 
निरन्तरको सम्पर्कपछि मेरो आग्रह स्वीकारेर गत जुलाईमा उहाँहरुले बोस्टन भ्रमण गर्नुभयो । समय एकदम छोटो भएकोले मैले मन फुकाएर स्वागत गर्न सकिन, तर मन मारेको छैन, फेरि निम्त्याएर स्वागत गर्ने धोको राखेकोछु ।
 
उता ह्युस्टनमा बराल दम्पतिसंग बसेर पुराना स्मृतिका कुरा साटासाट गर्ने एकमात्र उदेश्य बोकेर गएका हामी , उहाँहरुको आतित्थ्य देखेर चकित भयौं । त्यत्रो वसाईको व्यवस्था र मघ्यम तर आकर्षक गहनापसल संचालन गरेर एउटा नमूना प्रस्तुत गर्नु भएको रहेछ,। पेडअफ भएको घर, दुध दिने जर्सी  गाईजस्तो पसल ! कति नेपालीले यो स्तरमा आफूलाइ उभ्याउन सकेका होलान ? मैले अनूमान गर्दा एकप्रतिशतले होलान भन्छु ।
 
भेटको पहिलो दिन नै लोकल कुखुरा , खसीकोमासु , माछासंग स्कचको चुस्की ! मित्र मिलनको खुशियालीमा  मजाले खाइयो । खाएपछि कताकता उहाँलाई मेरो पुरानो त्यो दुव्लो आकृतिले झडका हानेछ र भन्नु भयो” यो सुशील कस्तो लुरे थियो,क्या जूंगा थिए ” 
 
म त दंड्ग परेँ उहाँको कुराले । तँपाइबाट तिमीमा झर्न वेर लागेन,  मलाई भने त्यही रमाइलो लाग्यो । आफ्नो पूरानो साथीवाट जुन अनौपचारिकताको सौंन्दर्यले मनमा खुशी दिन्छ,यो अनुभव त्यो दिन पाएँ ।
 
भोलीपल्ट हामी दुइमित्र दम्पती बुध्द्पार्क घुम्न गयौं । 
बराल  र नेपाल दम्पती

बराल र नेपाल दम्पती
त्यो पार्क भियतनामी समाजले ह्यूष्टन शहरको बाहिरी इलाका सुगर्ल्याण्डमा निर्माण गरेको रहेछ । शव्दले वयान गर्न नसक्ने शान्त वातावरणमा निर्मित त्यो गुम्वाले मेरो मनमा अचम्भको तरंड्ग पैदा गऱ्यो । एकमनले लाग्यो ,सारा संसारलाई छोडछाड गरेर यहीं बसुं ।चराहरू चीरवीर चीरवीर गरिरहे ,धूपको मिठो सुगन्ध र ओंम मानें पद्मे हूम्को निरन्तरको गुन्जनले परिसरमा व्याप्त शान्तिले होला , लुम्विनी जान नपाएको मलाइ नेपालै पुऱ्याइ दियो । धन्य ताराजी र विटुजीले हामीलाई त्यहांसम्म लगेर देखाइ दिनु भयो , हामी धन्य भयौं !
 
भोलीपल्ट नेपाली समुदायको अथक प्रयास र एकवद्धताको प्रतिक वन्न पुगेको पशुपतिनाथको मंदीर दर्शन गर्न गयौं ।
 
ह्युस्टनको नेपाली समुदायमा भएको मेलमिलाप र भाइचाराले विदेशमा हामी कसरी वस्नु पर्छ र वस्न सक्छौ र कुनै राजनैतिक आग्रह र पूर्वाग्रह नभएमा कसरी नेपाली समूदाय सरल , सजग र सहयोगी हुनसक्छ भन्ने कुराको प्रमाण त्यो मंदिरको स्थापनाले प्रदान गरेको पायौं ।
 
यसैबिच एकजना पत्रकार मित्र सुजन पंडितको छोराको व्रतवन्ध समारोहको भोजमा पनि हामीलाइ निम्त्याइयो । कस्तो मिलनसार र सहज सामाजिक सम्वन्ध भने उक्त समारोहमा निम्ता मान्न डलासबाट पत्रकारहरु विकासराज न्यौपाने ,रामचन्द्र भट्ट र बाबुराम दाहाल परिवार सहित आउनु भएको थियो , हामिले परिचय गर्ने अवसर पायौं । 
  
विहान बराल दम्पतिले वर्तवन्धमा परपर वाट आउंनु हुने पत्रकार मित्रहरूलाई आफ्नो निबासमा खाजा खान निम्ताएर आतित्थ्यको अद्दुतिय नमूना प्रदर्शन गर्नु भएको देखेर हामी ज्यादै प्रभावित मात्र भएनौं कि ,यसरी समाजमा मेलजोलको साड्लोले समुदायलाई एकसुत्रमा कसरी वाध्नु पर्छ भन्ने कुरा पनि देखेरै सिक्यौ ।डलास, अस्टिन र पर लसऐंजलसवाट समेत पत्रकार मित्रहरू पाल्नु भएको थियो ।
पर्सिपल्ट हामी नासा हेर्न गयौं , विज्ञानलाइ मान्छेले सांधेर अन्तरिक्षसम्म यात्रा गरेको यानको भित्र वाह्रिर र सम्पूर्ण परिसर घुम्ने जुन मौका हामीलाइ बराल दम्पतिले जुराइ दिनु भयो, त्यसलाइ शव्दले कसरी वयान गरौं खै ?
 
◦ सांझ पख मेरो परिक्षा शुरू भयो । कविता लेखेको सुनाएँ, विटु केसीजीका घतलाग्दा मुक्तकहरू मग्न भएर सुनियो । ताराजीले  मेरा कविताहरूको भावनाको तारिफ गर्नु भयो । तर व्याकरणमा हुने गल्ती पनि औंल्याईदिनु भयो ।मैले खोजेकै त्यही थिऐं । ईमान्दार समालोचना !
 
त्यसपछि मलाइ दुइचारवटा पुस्तक पढने सल्लाह दिनु भयो । धरावासीको आधाबाटो, राधा र शरणार्थी ! म हर्षले गदगद भएँ ।
 
हिडने दिन मन भारी भयो । सत्कारको त के कुरा ? म लेख्न पढ्न रूचाउने मान्छेलाई एउटा शुभचिन्तक मित्रवाट पाउनु पर्ने ,पैसाले खरीद गर्न नसक्ने सुझावहरू बोकेर वोस्टनतिर उडें ।
 
अहो कस्तो आत्मियता ! हामी कत्ति भाग्यमानी !!
छुट्टिंदा गला अवरूद्ध भयो !
 
-राजमित्र प्रांगण
माल्डेन,बोस्टन