मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए चुनाव अन्योल, संकट गहिरो बन्दै

एनआरएनए चुनाव अन्योल, संकट गहिरो बन्दै

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- गैर आवासिय नेपाली संघ (एनआरएनए) वर्तमान नेतृत्व समान्य विवादलाई सम्वोधन गर्न नसक्दा संस्थानै गम्भिर संकटमा परेको छ । सरकार विरुद्ध मुद्दामा गएर गम्भिर गल्ति गरेको एनआरएनए नेतृत्व एमसीसीका कारण सरकार परिवर्तन होला र समस्या सुल्टिएला भन्ने सोचमा थियो । यो अध्याय पनि समाप्त भएको छ । 
 
यही कारण यो महिना हुने भनिएको चुनाववारे अझै अन्यौल छ । यही कारण चुनाव नजिक आउंदा समेत अधिकांश उम्मेदवार प्रचारमा निष्कृय देखिएका छन् । 
 
समान्य विवादमा एनआरएनए भित्रकै गुट उपगुट, दलगत राजनीति लगायतले समस्यालाई जटिल वनाएका छन् । 
 
नेतृत्वले एनआरएनएका आधार स्तम्भ राष्ट्रिय समवन्य परिषद (एनसीसी)लाई विश्वास लिएर अघि वढ्ने प्रयास अझै गरेको छैन । एनसीसीलाई विश्वासमा लिने, सरकार र परराष्ट्र मन्त्रालयसंग समन्वय गर्ने, पुर्व अध्यक्षहरुलाई मिलाएर लैजान नसक्दा अहिले समस्या आएको हो । 
 
चुनावमा भोट हाल्न पाउने डेलिगेटको समस्या एनसीसीसंग जोडिएको छ । यो उनीहरुले नै सल्टाउन सक्छन् । त्यहां क्षेत्रिय संयोजक उपसंयोजक पनि छन् । एनसीसीहरु छलफल गर्न खोज्दा समेत नेतृत्वले कारवाही गर्ने चेतावनी दियो । तर, केही गर्न सकेन । उल्टो तिनै एनसीसीले सरकारका वरिष्ठ अधिकारी ल्याएर छलफल गर्न आयोजना गरेको कार्यक्रममा पन्तले सम्वोधन गरे । 
 
सरकार र परराष्ट्र मन्त्रालयसंग समन्वय नगरी एनआरएनएको औचित्य हुदैंन । यही कारण अदालतले चुनाव गराउने बाटो खुला गर्दा समेत गर्न सकेन । मुद्दा फिर्ता नलिईकन विश्वासको वातावरण वन्न सक्दैन । 
 
पुर्व अध्यक्ष शेष घलेसंग वर्तमान नेतृत्वले दुरी वनाउनु पनि कमजोरी हो । केही महिना अघि एनआरएनएको पत्रकारसम्मेलनमा अध्यक्ष कुमार पन्तले पुर्व अध्यक्ष घले, उनकी पत्नी लगायतको सार्वजनिक रुपमा नाम लिदैं आलोचना गरेका थिए । यो गलत थियो । 
 
पुर्व अध्यक्ष शेष घले एक्ला होइनन् ।  उनको पछाडी पनि समुह छ । यो कार्यसमितिका कयांै पदाधिकारी समेत घलेको पक्षमा छन् ।
 
वरिष्ठ पदाधिकारीबीच नै बेमेल, आफू बस्ने देशको डेलिगेट विवाद मिलाउन नसक्नेहरुले सवैलाई मिलाएर लैजान सक्छु भन्नु र पूर्वअध्यक्षको विरोध गर्नु हास्यास्पद हो ।  
 
धेरै सदश्य भएका एनसीसीहरुले विवाद समाधान नभई हुने चुनावमा भाग नलिने केही दिन अघिनै सार्वजनिक गरेका थिए । तर, यसलाई वेवास्ता गरियो । 
 
एनआरएनए संकट वढ्दै गएको, चुनाव अन्यौलमा परेको, समस्या सम्वोधन नगरी चुनाव गरिएपनि यसको कुनै औचित्य नहुने स्थिति देखिएको छ । 
 
निर्वाचन समितिले डेलिगेटलाई सेल्फी दिन भनेको थियो । पटक पटक समय थप गर्दा समेत अमेरिकावाट अधिकांशले सेल्फी दिएनन् । उपाध्यक्ष सोनाम लामा, सल्लाहकार हरिबोल भण्डारी, अध्यक्ष बुद्धि सुवेदी र कार्यसमितिका कयौं पदाधिकारी, पुर्व अध्यक्ष लगायतले सेल्फी दिएनन् । अव नियम गर्ने हो भने अनुसार सेल्फी नदिनेले मत दिन पाउंदैनन् । 
 
अमेरिका लगायत कयौं देशले केन्द्रलाई वुझाउनु पर्ने सदश्य वापतको शुल्क तिरेका छैनन् । अमेरिका एनसीसीले अहिले एनआरएनए अमेरिका आफ्नै कार्यलय वनाउन लागिपरेको हुदां यो शुल्क छुट दिन आग्रह गर्दै आएको छ । तर, यसको सुनुवाई भएको छैन । यही कारण सदश्यत शुल्क नतिरेको हो । 
 
यदी यो शुल्क नवुझाउनेलाई चुनावमा भाग नलिने हो भने ठुला सदश्य हुने देश निर्वाचन प्रकृयावाट अलग गर्नु पर्ने हुन्छ ।
 
प्रमुख संयोजक शेष घलेले करिव ९ सय सदश्य विद्यान अनुसार छनौट नगएको भन्दै निर्वाचन समितिमा दावी विरोध गरेका छन् । यदी निर्वाचनको प्रकृया पुर्याउनु पर्ने हो भने यो सवै छानविन गर्नु पर्ने हुन्छ । यसवाहेक कयौं उजुरी परेका छन् ।