मुसोलिनी र हिटलरको
अवतारमा देखिएका
जारका नयाँ सन्तानले
तानाशाहको बहुलठ्ठी
दानवत्व स्वरुपमा
निरपराध आमाको छातीमा
तरवारले घोप्दै
बन्दुक र तोपका कलममा
रगतको मसी भरेर
लेख्न थाले पछि
मैले ईतिहाँसका पानाहरु
च्यात्न सुरु गरेको छु |
ईतिहास लेखाउने कै लेखिन्छ
किसान र गरिवको ईतिहाँस
केवल पर्दा पछाडी लुकेको हुन्छ
स्वाधिनता र ममताको ईतिहास
कालुपाण्डेको गर्धन जस्तै हुन्छ
तानाशाहको बन्धकीमा
बिज्ञता बिकाउने बिज्ञको
कलमका अक्षरले
आफ्नै मुटु निचोरी
मसिदानीमा मिस्याई
नाजीहरु
जारहरु
साम्रज्यवादीहरुका
शिलालेख र ताम्रपत्रहरु
अनि
बीरताका गाथाहरु
लेख्ने र लेखाउनेबाट रचिएको
षडयन्त्रको त्यो नालापानी
देखि जारको यूक्रन सम्मको
ईतिहास हेर्दा, सुन्दा र पढ्दा
दुखेको मनलाई
बुध्द बोकेर सम्झाउन खोज्दा
करुणा, दया, ममता र मानवता
मरेको ईतिहास मात्र देख्दा
मैले ईतिहासका पानाहरु
च्यात्न सुरु गरेको छु |
प्रतिक्रिया