मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाली कांग्रेस चुनाव, दोस्रो चरणमा पुग्यो

नेपाली कांग्रेस चुनाव, दोस्रो चरणमा पुग्यो


शेयर गर्नुहोस:

1.4k
Shares

  • change font
  • change font
  • change font

काठमाडौ- देशको पुरानो पार्टी नेपाली कांग्रेसको सभापति पदका लागि भएको चुनावमा कसैले पनि ५० प्रतिशत मत कटाउन सकेनन् । 
 
वर्तमान सभापति शेरबहादुर देउवाले शुरु देखिनै अग्रता लिए पनि कुल खसेको मतको ५० प्रतिशत कटाउन सकेनन् । तर, मतका आधारमा देउवा दोस्रो चरणमा जितका लागि सुविधाजनक अवस्थामा छन् । 
 
मतगणनाको अन्तिम नतिजा अनुसार देउवाले २२५८ मत पाएका छन् । दोस्रो स्थानमा आएको शेखर कोइरालाले १७२९ मत पाएका छन् । यस आधारमा देउवाको मत शेखरको भन्दा करिव ५ सयले वढी छ । 
 
देउवाले दोस्रो चरणमा अहिले पाएका मतमा करिव १ सय मत थप्न सकेभने उनको जित निश्चित हुन्छ ।
 
यस आधारमा देउवा अहिले जित नजिक छन् । तर, पहिले दिएका सवैले देउवा वा कोइरालालाई नै मत दिन्छन नै भन्ने निश्चित भने छैन । 
 
अव सभापतिका लागि मात्र मतदान हुुुने भएकाले यसका लागि भने पहिलेजस्तो धेरै समय लाग्ने छैन । लाइन छिटो सर्ने छ । तर, आवश्यक प्रकृया भने पुर्याउनु पर्ने छ । 
 
यो सभापतिको नतिजाले देउवा प्यानल बलियो भएको संकेत गरेको छ । यदी यस आधारमा अन्य पदाधिकारी र केन्द्रिय सदश्यले भोट पाए भने देउवा प्यानलको बहुमत हुने छ । 
 
देशमा पांच पटक प्रधानमन्त्री भएका देउवाको विकल्प खोज्नु पर्ने माग व्यापक थियो । तर, पुराना पार्टी कांग्रेस कायकर्ता भने नेतृत्वको परिवर्तनका लागि अझ तयार नभएको यो नतिजाले देखाएको छ । 
 
कांग्रेस कार्यकर्ताले जनभावना अनुसार पार्टीमा नेतृत्व परिवर्तन नचाहेको पनि देखाएको छ । संसद र स्थानिय निकायको आउने चुनावमा यसको कस्तो प्रभाव पार्छ हेर्न बांकी छ । 

Advertisement

शेयर गर्नुहोस:

1.4k
Shares