मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाली कांग्रेस महाधिवेशन

नेपाली कांग्रेस महाधिवेशन


शेयर गर्नुहोस:

1k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ– देशकै सवैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस १४ औं महाधिवेशन विचार भन्दा नेता छान्न मै केन्द्रित भएको आरोप लागिरहेका वेला उद्घाटन सत्रमा पनि नेता नै विषयका रुपमा उठ्यो । 
 
आम नागरिकमा पनि पार्टीको विचार नीति भन्दा पनि नेता प्रतिनै वढी गुनासो रहेको वेला महाधिवेशन भईरहेको छ । यसले पनि आउने नेतृत्वका वारेमा चासो वढेको हो ।  
 
नेता ठिक भए सवै ठिक हुन्छ भन्ने आम नागरिकको वुझाई छ ।  
 
पुर्व पञ्चहरुले खोलेको राष्ट्रिय प्रजातन्त्र पार्टीका भरखर अध्यक्ष भएका राजेन्द्र लिगंदेनले गाउंमा नेता जांदा कुन चोर आए छ भन्ने अभिव्यक्ति दिने गरेको वताए पछि यसपछि बोल्ने राजनीतिक पार्टीका नेताले खण्डन गरेका थिए । 
 
भाषणको अन्तिम तिर लिगंदेनले राजतन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने सम्मको अभिव्यक्ति दिएर गएका थिए । 
त्यसपछिका वक्ताहरु नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले जनअधिकार स्थापना गर्नमा राजनीतिक पार्टी र नेताहरुकै योगदान रहेको दावी गरेका थिए । 
 
एमाले अध्यक्ष केपी ओलीले लिगंदेनको टिप्पणीलाई हिड्न भरखर शुरु गरेको बाच्छो जथाभावी दौडिन्छ भन्ने गम्भिर ठटौली समेत व्यक्त गरेका थिए । 
 
उद्घाटन सत्रमा उपस्थित अतिथिहरुलाई विदा गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले आफ्नै पक्षमा भोट भएका थिए । 
 
सभापति देउवाले यस पटक सभापतिमा जिताईदिन कार्यकर्तासंग पटक पटक आग्रह गरे । नेता पौडेलले पनि आफुले इमान्दार भएर पार्टीको हितका लागि मात्र काम गरेको दावी गरिरहे । 
 
नेपाली कांग्रेस पुजींवादी केन्द्र तर्फ जुझाव राख्ने पार्टी हो । कांग्रेसले बहुदलिय प्रजातन्त्र, खुला अर्थनीति, प्रतिस्पर्धा र आर्थिक रुपमा पिछडिएको वर्ग र समुदायका लागि समाजिक सेवामा सरकारको  हस्तक्षेप जस्ता मुलभुत नीति लिदैं आएको छ । 
अहिले आम नागरिकको वझुाई पनि नीतिमा होइन राजनीतिमा इमान्दारीता नभएको व्यापक गुनासो छ । राजनीतिक पार्टीको नेतृत्वमा युवा नेता आउनु पर्छ भन्ने आम मान्यता छ । तर, व्यवहारमा यो हुन सकेको छैन । 
 
नेपाली कांग्रेसको नेतृत्व चयनमा यस पटक भने युवा नेताले पहिले भन्दा वढी दवाव सृजना गरेका छन् । महामन्त्रीमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदिप पौडेल देखि केन्द्रिय सदश्यमा हरिबोल भण्डारी, कुन्दन काफ्ले सम्म पुराना नेताका लागि चुनौती भएर आएका छन् । 
 
तोकिएको समय भन्दा ढिलो सकिएको उद्घाटन सत्र पछि लगत्तै बन्द सत्र शुरु भएको थियो । बन्द सत्रले औपचारिक रुपमा केही प्रतिवेदन पारित गर्यो । यो छिटो समयमै सकियो । 
 
कांग्रेस नेतृत्वका लागि हुने यो चुनावमा करिव ४ हजार ७ सय मतदाता छन् । 
 
काठमाडौ कांग्रेस मय भएको छ । कांग्रेसीहरु अव आउने नेतृत्व चयनको वरिपरिनै घुमिरहेका छन् ।
 
हरिबोल भण्डारी केन्द्रिय सदश्य उम्मेवदार प्रचारमा सकृय

केन्द्रिय सदश्यमा उम्मेदवारी दिने घोषणा गरेका कांग्रेस युवा नेता हरिवोल भण्डारीले प्रचार प्रसारलाई तिव्रता दिएका छन् । सम्पर्कका लागि सचिवालय समेत स्थापना गरेर भण्डारीले आफ्नो विजय यात्रालाई अघि वढाएका छन् । 
 
विद्यार्थीकाल देखिनै राजनीतिमा सकृय भण्डारीले काठमाडौ क्षेत्र नं ३ वाट सर्वाधिक मत पाएर केन्द्रिय महाधिवेशन प्रतिनिधि चयन भएका थिए । कांग्रेसमा उनले परिवर्तन चाहने युवा पुस्ताको प्रतिनिधित्व गर्छन । 
 
महामन्त्री शशांक कोइराला निकट मानिने भण्डारी यसअघिको महाधिवेशनमा पनि केन्द्रिय सदश्यका उम्मेदवार थिए । भण्डारी पेशाले व्यवसायी हुन् । 
 
यस पटक आफुलाई अग्रज नेता र धेरै कार्यकर्ताको समर्थन रहेको भण्डारीले हिमालयखवरलाई वताए । 

Advertisement

शेयर गर्नुहोस:

1k
Shares