मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कोलोराडोमा नेपाली घरको निर्वाचन सम्पन्न

कोलोराडोमा नेपाली घरको निर्वाचन सम्पन्न

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो, अमेरिका । कोलोराडोमा सक्रिय सामाजिक संस्था नेपाली घरको आगामी कार्यकालका (२०२१–२०२३) का लागि अध्यक्षलगायत सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।
 
संस्थाले कार्यसमितिको निर्वाचन सम्पन्न गर्न डा. संगीता श्रोत्रीयको संयोजकत्वमा भूषणलाल श्रेष्ठ र कपिलदेव सुवेदीसहितको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । सोही निर्वाचन समितिले कार्यसमितिका सबै पदहरुमा निर्विरोध निर्वाचित भएको जनाकारी गराएको हो ।
 
यसरी नेपाली घरको आगामी दुईवर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित हुने पदाधिकारी तथा बोर्डअफ डिरेक्टरहरुमा अध्यक्ष जगदीशचन्द्र ढकाल, उपाध्यक्षहरुमा क्रमशः वसन्त लम्साल, नवराज मरासेनी, सञ्जयसिंह केसी, महासचिव भोला कटुवाल, कोषाध्यक्ष राजु खनाल, पब्लिक रिलेसन अफिसर श्री कुँवर, कम्युनिकेशन अफिसर नातिबाबु भट्ट, कल्चर तथा इभेन्ट अफिसर आशिष कटुवाल, रिसोर्स तथा फेसिलिटी अफिसर अर्जुनकुमार केसी र महिला रिप्रेन्जेटिभ आरती न्यौपाने थापा रहेका छन् । 
 
त्यसैगरी अन्य बोर्डअफ डिरेक्टरहरुमा प्रमोद श्रेष्ठ, उत्तरा बराल, पुष्कर बस्नेत, कृष्ण काफ्ले, दीपक ढकाल, देभाश्री बस्याल र अमुदा मिश्र रहेका छन् ।
 
संस्थाको विधानअनुसार २३ सदस्यीय कार्यसमिति निर्वाचित हुनुपर्नेमा आइटी अफिसर, स्टुडेन्ट रिप्रेन्जेटिभ र ३ वटा बोर्डअफ डिरेक्टमा कसैको मनोनयन नपरेको निर्वाचन समितिले जनाएको छ ।
 
यसैबीच, नेपाली घरका वर्तमान अध्यक्ष लछुमन रानाले कार्यसमितिमा निर्वाचित सबै पदाधिकारी तथा बोर्डअफ डिरेक्टरहरुलाई बधाई दिँदै, छिट्टै एक औपचारिक कार्यक्रममार्फत कार्यभार हस्तान्तरण गरिने बताएका छन् ।
 
उनले कार्यसमितिको फेरबदल नियमित प्रक्रिया भएको र यसले नेपालीहरुको आस्थाको धरोहर नेपाली सांस्कृतिक केन्द्र निर्माणको लागि भवन खरिद गर्ने प्रक्रियामा केही असर नपार्ने बताएका छन् । 
 
केही साथीहरुको जिम्मेवारी परिवर्तन भए पनि टिमभित्र बसेर काम गरी अनुभव बटुलिसकेका साथीहरु रहनु भएकाले अभियान निरन्तर अगाडि बढिरहने भएकाले यसमा कुनै सन्देह नलिन सबै समुदायलाई अनुरोध गरेका छन् ।