मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

द गुरुङ (तमु) सोसाइटीको अध्यक्षमा तोरण गुरुङ

द गुरुङ (तमु) सोसाइटीको अध्यक्षमा तोरण गुरुङ

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क(अमेरिका)-  द गुरुङ (तमु) सोसाइटी इंक को अध्यक्षमा तोरण गुरुङ निर्विरोध निर्वाचित भएको छ । सोसाइटीको आज भएको सधारण सभा तथा अधिवेसनले तोरण सहित १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

यस्तै, महासचिवमा अलिशा गुरुङ, उपाध्यक्षमा शान्ति गुरुङ, कोषाध्यक्षमा ओम गुरुङ, सहविचवमा ओम विक्की गुरुङ, सहकोषाध्यक्षमा अन्जित गुरुङ निर्विरोध निर्वाचित भएका छन । नवनिर्वाचित अध्यक्ष तोरण गुरुङले अमेरिकामा रहेको सबै गुरुङहरुलाई एउटै मञ्चमा ल्याउनको समाजका सल्लाहकारहरुसँग सल्लाह गरेर सहकार्यको लागि प्रयास गर्ने बताए । गुरुङ समाज एकताको लागि आफुले पहल गर्ने उनको भनाइ छ ।

गुरुङहरुको आफ्नै भवन निर्माणको लागि विभिन्न उपाय खोजेर पहल गर्ने बताए । युवाहरुलाई सकृय बनाएर अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष गुरुङले युवा वर्गलाई नेतृत्व तहमा ल्याउनको लागि पहल गर्नेमा जोड दिए । गुरुङ आमा समूहसँग सहकार्य गरेर कसरी समाजलाई बलियो बनाउन सकिन्छ भन्ने बारेमा आमा समूहसँग सहकार्य गरी अघि बढ्ने उनको भनाइ छ । समाजले नयाँ नेतृत्व चयनका लागि गौतम गुरुङको संयोजकत्वमा ४ सदस्यीय निर्वाचन कमिटी बनाइ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो ।

निर्वाचन समिति सदस्यहरुमा संस्थापक अध्यक्ष तुलसी गुरुङ, हर्कजंग गुरुङ, डा. रस कुमारी गुरुङ संलग्न थिए ।  त्यस्तै बोर्ड सदस्यहरुमा बसुन्धरा गुरुङ, भक्त गुरुङ, लिला गुरुङ, योगेन्द्र गुरुङ, अशोक गुरुङ, बबि गुरुङ  ज्ञान गुरुङ, हेमा गुरुङ, विजय गुरुङ निर्विरोध चयन भएका छन् ।नवनिर्वाचित अध्यक्ष तोरण गुरुङ  सहविचवमा पदमा कार्यरत थिए,  यस्तै,   शान्ति, अलिशा, ओम र अन्जित, भक्त  , ओम विक्की गुरुङ  यस अघिको कार्यकालमा समेत विभिन्न पदमा कार्यरत थिए ।

नवनिर्वाचित समितिका सदस्यहरुलाई निर्वाचन समिति संयोजक गौतम गुरुङले पद तथा गापनियताको सपथ गराएका थिए । दुइ सत्रमा सञ्चालित कार्यक्रममा पहिलो चरणमा समाजले गएको २ बर्षमा गरेका कार्यक्रमको कार्यप्रगति विवरण तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । साथै कार्यक्रममा गुरुङ युवाहरुले खेलकुदको मार्फत विभिन्न खेल प्रतियोगितामा सहभागिता जनाउनुका सार्थ विभिन्न पूरस्कार प्राप्त गरेकोमा युवा खेलाडीहरुलाई प्रशंसापज्ञ प्रदान गरी सम्मान गरेको थियो ।

सोसाइटीका निवर्तमान अध्यक्ष विजय गुरुङले आफ्नो कार्यकाल सफल बनाउनको लागि सहयोग गर्ने सम्पूण बोर्ड सदस्यहरु, सल्लाहकारहरु, आमा समुह, युवा समुह लगाउत सम्पूण सहयोगीहरुलाई भन्यवाद व्यक्त गरे । आफु बाहिर रहे पनि सोसाइटीको लागि आफु सधै समाजको साथमा रहने प्रतिवद्धता व्यत्त, गरे ।  गुरुङ (तमु) सोसाइटी इंक, न्यूयोर्कको स्थापना सन् १९९९ सालमा भए पनि औपचारिक रुपमा जुन ३१, २००१ मा विधिवत रुसमा सञ्चालनमा छ । नयाँ कायसमितिको कार्यकाल २ बर्षको रहने छ ।