शुक्रबारको साँझ ७ बजे तिर खाना खाएर एकछिन् टिभी हेर्दै थिएँ, मेरा आँखा झ्याप झ्याप निद्राले बटारिन थाले। ‘जाउ बिशाल जाउ ! ८ बजिसक्यो सुत्न जाउ !’ मेरो बहिनीले मलाई जिस्काउन थाली ।
नानीदेखि लागेको बानी के सजिलै छुटथ्योर ? वास्तवमा मेरो बानी बिहान छिटो उठ्ने र राती छिटो सुत्ने छ। शायद यो बानीले गर्दा मैले जीवनमा धेरै कुराहरु गुमाए र केही कुराहरु प्राप्त पनि गरे होला निद्राकै तालमा म मेरो कोठामा आए, जब तयार भएर ओछ्यानमा निदाउने प्रयास गरे तब सुरु भयो मेरो निद्राको संघर्ष । यो संघर्षको कारण बन्न पुग्यो मेरो फोन ।
अघिसम्म लागेको त्यो करोडौको निद्रा मेरो फोनको सामाजिक सन्जालमा आएका अनेकौ चिजहरुको बहानामा भुल्न थाले । शायद दिमागले पनि बिर्सेंछ क्यारे निदाउनु पर्छ भन्ने कुरा । म मेरो दिमागलाई बुझाउन खोज्छु, मेरो दिमाग बुझ्ने कोशिशनै गर्दैन ।जति सामाजिक सन्जाल हेर्दै जान्छु झन बढि अनेकौं कुराहरु आउँदै गर्छन् । शायद त्यो पेज स्क्रोल गर्दै बसेको भए त्यो रात छर्लङ हुन्थ्यो होला ।मलाई थाह छ एस्तो संघर्ष म मात्र होइन हजारौं मानिसहरुले राती सुत्नु अघि गर्ने संघर्ष हो , फरक यतिमात्र हो आजको रात चाँही म त्यो संघर्ष गरिरहेको छुँ ।
धेरै जसो मानिसहरु आफ्नो फोन राती सुत्नु अघि आफु सुत्ने सिरानमुनी चार्ज गरेर साइलेन्समा राखेर सुत्ने गर्छन् । हामी सबैको असल साथी बन्न पुगेको छ हाम्रो फोन, फोनमा भएका अनेकौ सामाजिक सन्जालहरु र एप्लिकेशनहरुले हाम्रो सम्वेदनशील समयको महत्वलाई सजिलो सँग विर्साइदिएको छ। स्क्रीन टाईमको एउटा सर्वेक्षण रिपोर्टले प्रत्येक अमेरिकन नागरिक दैनिक घटिमा पनि ५.४ घण्टा फोन चलाउने उलेख गर्छ । उक्त रिपोर्टले धेरै जसो मनिसहरु रातको समयमा सुत्नु अगाडि फोनमा व्यस्त हुने जनाएको छ । हामी कतिसम्म गर्छौ भने हाम्रो साना बाबु नानीलाई रुन भुलाऊने बहाना फोन दिन्छौ, खाना खुवाउने बहानामा फोनमा कार्टुन् हेर्न दिन्छौ , परिवारका चार सदस्य डाइनिङ टेबलमा बसेर खाना खादै गर्दासमेत आफ्नो आफ्नो तालमा फोन कै दुनियाँमा भुल्छौ, बिहान सौचालय बस्दा समेत फोनमै रिल्याक्स गर्छौ र हाम्रो दिनको सुरुवातनै फोनबाट हुन्छ; सोच्नुहोस् त एक पटक हामी कतिसम्म फोनको नसामा परेको रहेछौ ? आँफैले एक्पटक मनन् गरौ त, हामी दिनमा कति समय फोनमा हून्छौ ! मैले यसो भनिरहदा दिनभर जसो फोकटको भरमा फोनमै झुन्डिरहने ती मानिसहरुलाई अंकित गर्दै भनिरहेको छु ।
शनिबार प्राय: म बिहानै लङ टेन्निस खेल्न जान्छु ।घर नजिक अरु आफन्तहरु पनि संगै खेल्नुहुन्छ । सदाझै बिहान ५ बजेतिर मेरो निद्रा खुल्यो हत्तनपत्त मेरो हातले फोन भेटी हाल्यो अनि सुरु भयो फेरी फोनको नसा, त्यही सामाजिक संजाल, त्यसभित्रका हजारौं कहानीहरु र अन्य अन्य थुप्रै कुराहरु । करिब् २-३ घण्टाको फोन चलाई पछि नित्यकर्म सकेर निस्कन लागेको, ढोका खोलेर यसो हेर्दा राती पानि परेको रहेछ । टेनिस कोर्टमा पानी जमेको कारण हामी त्यो दिन टेनिस खेल्न सकेनौ । त्यही छेउको रन्निङ ट्र्याकमा दौडिने निर्णय भयो, ट्र्याकमा हामी ४ जना संगै दौडदै थियौ । त्यतिकैमा किशोर मामाले भन्नुभयो – रातभर निद्रा नलागेर फोन चलाको, चलाऊदा चलाऊदा त्यतिकै निदाएछु म त ! कुरा नसक्दै दुर्गेश मामा थप्न थाल्नु भयो, मेरो त बुडी बिदाको दिन पनि अलार्म राख्छ यार, ६ बजे पुग्न पर्ने काम ५:१५ देखि अलार्म राखेर ५ चोटिभन्दा बढि अलार्म बन्द गर्छे, अनी ५:४५ मा उठछे, एक दिन त है मैले झुक्याएर अलार्म अफ गर्देको ,काममै जान ढिला गर्यो; कती फोन चलाऊन सकेको होला यार ! यत्तिकैमा भरत मामाले थपिहाल्नु भयो – हो म त त्यही हुन्छ भनेर फोननै साइलेन्समा राखेर खाटको साईड टेबलमा चार्ज गरेर सुत्छु ; यही करण हो मैले फेसबुकनै न बनाको, चलाउन थालेपछि नसा बस्छ बेकारको। कुरामा कुरा भइरहदा मैले पनि आफुले अघिलो राती निदाउन गर्नु परेको संघर्ष उहाहरुलाई बताए, हामी त्यतिकै हंसीमजाक गर्दै दौडियौ । वास्तवमै सबैको कुराहरु तितो सत्य थियो ।
आखिर हामी नजिकको कोइ न कोइ मानिसहरु फोनको नसामा परिरहेको हुँदा रहेछंन। अगिलो रातको त्यो निद्रा संघर्षको कारण शनिबार मेरो टाउको हल्का दुखिरहेको थियो । दिउसो २ घण्टा सुतेपछि मात्र मलाई सन्चो भएको महसुस भयो । त्यस दिनबाट मैले आफुलाई सक्भर फोनमा ब्यस्त राख्न कम गरे, बढिमा जम्मा १ घण्टा चलाऊने निर्णये गरे । भरत मामा को त्यो सुझाब मलाई निकै प्रभावकारी लाग्यो, म आजकल राती फोन साईड टेबलमा साइलेन्समा राखेर मस्त ७ घण्टा निदाउछु । हो तपाईं पनि यस्तै फोन नसामा हुनु हुन्छ भने भरत मामाले दिएको सुझाब पालना गर्नुस्, आफ्नो मनलाई कन्ट्रोल गर्नुस र फोन नसाबाट छिटोभन्दा छिटो मुक्त हुनुहोस् , कति सरल उपाय ! भरत मामाको जय होस ।
प्रतिक्रिया