मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

मिलेर जाऔं, एनआरएनए अमेरिकालाई विवाद मुक्त संस्था वनाऔं

मिलेर जाऔं, एनआरएनए अमेरिकालाई विवाद मुक्त संस्था वनाऔं

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- एनआरएनए एनसीसी अमेरिकाको नेतृत्वका लागि गत निर्वाचनमा अध्यक्ष पदमा केही भोट अन्तरले दोस्रो स्थानमा रहेका कृष्ण लामिछानले एनआरएनए अमेरिकालाई विवादवाट भुक्त गरी नेपाली समुदायको सांझा संस्थाका रुपमा अगाडी लैजानुपर्ने वताएका छन् । 
 
केही व्यक्तिको नीजि स्वार्थका लागि संस्था लाई दुरुपयोग गर्दा एनआरएनए अमेरिका पटक पटक विवादमा परेको छ ,विधि विद्यान चलेको भए यस्तो हुदैंनथ्यो लामिछाने भने मैले दुई बर्ष नेृतत्व गर्न पाएको भए एनआरएनए अमेरिकालाई उदाहरणिय संस्था बनाउने थिएं । 
 
मलाई समर्थन गर्दै मत दिनेहरु म दोस्रो स्थानमा आएको भन्ने मान्न समेत तयार छैनन, निर्वाचन समितिले जुन रुपमा एक पक्षमा लागेर चुनाव गर्यो यसमा पनि प्रश्न छ, सदश्यता वितरणमा पनि त्रुटी छन लामिछानेले भने नतिजा स्विकार गर्न नसकिने वा प्रश्न उठाउन सकिने थुप्रै आधार हुदां हुदैं पनि मैले निर्वाचनको नतिजा स्विकारेको छु म प्रजातन्त्रिक प्रकृयामा विश्वास गर्ने भएकाले मात्र नतिजा स्विकारे गरेको हुं त्यसैले म अदालतमा मुद्दा हान्दिन । तर, मेरा असहमतिहरु भने छन् । 
 
संस्थामा विवाद नआयोस भनेर पनि अदालत नजाने निर्णय गरेको लामिछानेले वताए । म आउने कार्यसमितिको सहयोगी वनेर हिड्न तयार छु तर, सहयोग गर्ने वातावरण पनि वनाउनु पर्यो लामिछानेले भने । 
 
विगतमा भएका तीन वटा निर्वाचनमा दोस्रो स्थानमा आउने उम्मेदवारले अदालतमा मुद्दा दायर गरेका थिए । यसले गर्दा एनआरएनए अमेरिकालाई आर्थिक नोक्सान पनि परेको थियो । 
 
 मैले पाएको भोट चुनावमा धांधली गर्ने, संस्थालाई एक पक्षिय रुपमा कब्जा गर्न खोज्ने समुह विरुद्धको हो तर, पनि सानो मतअन्तरले म पछि परें यसमा मलाई कुनै गुनासो छैन , लामिछानेले भने । 
 
नेतृत्वले तपाईहरु सवै आउनुहोस सगैं काम गरौं भन्ने हो, नेृतत्व लिनेले खुला दिलले सवैलाई समेटेर लैजाने वातावरण वनाउनु पर्छ लामिछानेले भने मिलेर नजांदा सम्म हामी सफल हुदैंनौं , सवैलाई समेटेर जानै पर्छ , हामीले पनि एनआरएनए सामाजिक संस्था हो यहां कोही पक्ष वा प्रतिपक्ष भन्ने हुदैंन भन्ने मान्नु पर्छ । 
 
म नेपाली समुदायका लागि काम गर्नकै लागि भनेर एनआरएनए अभियानमा आएको हुं ,समाजको हितका लागि काम गर्छु भन्ने हो भने संस्थामा कुनै समस्या आउंदैन लामिछानेले भने अध्यांरो कोठावाट निर्णय लिने, संस्थालाई कसैको स्वार्थमा उपयोग गर्ने हो भने विवाद सकिदैंनन । संस्था समुदायको संस्था हुन सक्दैन । यो नंया नेतृत्वका लागि अवसर र चुनौती दुवै हो । 
 
म फेरी जोड दिन्छु एनआरएनए अभियानलाई विभाजन होइन मिलाएर एक ढिक्का वनाएर लैजानु पर्छ , अमेरिकामा विभिन्न संघ संस्था छन्, कार्यसमितिमा नजानुभएका तर, एनआरएनए अभियानमा सकृय व्यक्तिहरु हुनुहुन्छ, विषयगत दक्षता भएका नेपालीहरु हुनुहुछ नेतृत्वले उहांहरुलाई सवैलाई सगैं लिएर जान सक्नु सक्छु पर्छ, लामिछानेले भने तव मात्र एनआरएनए अमेरिका बलियो हुन्छ, विदेशमा वस्ने नेपालीका मुद्दाहरु सुनुवाई हुन्छन् । 
 
तर, नवनिर्वाचित नेतृत्वले सवैलाई समेटेर, सवैलाई सगैं लिएर जाने संकेत भने नदेखाएको लामिछानेले वताए । विहानको सुर्यले दिन कस्तो हुन्छ भन्ने देखाउंछ लामिछानेले भने नवनिर्वाचित नेतृत्वले आईसीसीमा अमेरिकावाट प्रतिनिधित्व गर्ने डेलिगेट छनौट लगायतका विषयमा जुन भुमिका देखायो, विधि विद्यान नमान्ने, च्याप्टरलाई उचाल्ने लगायतका काम भए यसले मिलेर जानुपर्छ भन्ने मलाई निराश वनाएको छ । 
 
आईसीसीमा जाने डेलिगेट आईसीसीको विद्यान अनुसार नै छनौट गर्नु पर्छ यसमा कुनै विवाद खडा नहुनुपर्ने हो, विद्यानले समस्या ल्याएको छ भने यसलाई प्रकृयागत ढंगवाट सुधार गर्नु पर्छ तर, त्यो भएन लामिछानेले भने, निर्वाचन समितिले पनि यसमा विद्यानको आफुं खुशी एकपक्षवाट प्रभावित भई ब्याख्या गर्यो यसमा मेरो आपत्ति पनि छ । 
 
आईसीसीका महत्वपुर्ण पदमा उम्मेदवार वन्न खोज्ने उम्मेदवारको स्वार्थ डेलिगेट चयनमा देखिनु हुदैंन लामिछानेले भने अमेरिकावाट प्रतिनिधित्व गर्ने करिव २०० जना डेलिगेट होलान यो संख्या आईसीसीको महत्वपुर्ण पदमा जित हारमा निर्णाक होइन, विश्वभरवाट भोट पाउनु पर्छ । यहां विवाद मिलायर जांदा नै यसको विश्वभर सकरात्मक प्रभाव पर्छ । 
 
आफैं वस्ने देश अमेरिकामा विवाद मिलाउन नसक्ने, आईसीसीका एउटै पदमा दुई उम्मेदवार भिड्ने, अनि म विश्वभर छरिएका एनआरएनलाई नेतृत्व दिन्छु भन्ने यो पनि राम्रो सुनिदैंन लामिछानेले भने यदी अमेरिकावाट आईसीसीमा जाने चाहना राख्नेको जुगांको लडाई नभएको भए अमेरिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन हुन्थ्यो । 
 
जो डेलिगेट गए पनि ति कसैका हनुमान हुन सक्दैनन मतदाताले मत हाल्दा विवेक प्रयोग गरिहाल्छन् वुझेरनै भोट हाल्छन लामिछानेले भने त्यसैले यहां  नअल्झिनुनै राम्रो हुन्छ । 
 
च्याप्टर सभापति स्वत आईसीसीको डेलिगेट हुनुपर्छ, च्याप्टरलाई बढी अधिकार दिनुपर्छ भन्ने पक्षमा मैले सधैं वोल्दै र गर्दै आएको छु लामिछानेले भने तर, यो पनि विद्यानमा व्यवस्था गरेरे हुनुपर्छ । यसका लागि मैले कुरा उठाएको पनि हो । 
 
एनआरएनए अमेरिकामा सुधार गर्नु पर्ने विषय बुदांगत रुपमा संस्थालाई दिएको लामिछानेले वताए । पहिलो भोटर रजिष्ट्रेशनमा सुधार गर्नु पर्छ, आईसीसीले वनाएको एमआईएस प्रणाली अनुसार सदश्यता दिने हो भने विवाद कम भएर जान्छन् लामिछानले भने गतल विवरण दिई सदश्यता लिनेलाई दण्डित पनि गर्नु पर्छ । 
 
यस पछि चुनाव प्रकृयामा सुधार आवश्यक छ, लामिछानेले भने चुनाव अनलाइनवाटै गर्ने हो त्यसमा पनि निर्वाचनलाई विश्वास गर्न सकिने वनाउन चुनाव प्रकृयाको अडिट गर्ने लगायत विभिन्न प्राविधिक पक्षहरु उपयोग गर्न सकिन्छ ।