सानो छँदा देखि नै सामान्य ज्ञानमा सोधिने गरेको प्रश्न थियो सपनाको देश भनेर कुन देशलाई चिनिन्छ ? उत्तर थियो अमेरिका। आज म त्यहि सपनाको देशमा छु। अझ भन्नु पर्दा मेरो कर्मभूमि सपनाको देश अमेरिका बनेको छ। सपनाको देश मा बस्दै गर्दा , यो देशलाई कर्मभूमि बनाउदै गर्दा आफ्नो जन्मभूमि संग कसरी जोडिने , भावी पुस्तालाई कसरी जन्मभूमि सँगजोड्ने भन्ने चिन्ता र चासो सबैको हुने गर्दछ र यो लेखकको चिन्ता र चासो पनि त्यहि नै हो।
गैर आवासीय नेपाली संघ एउटा सुन्दर उद्देश्य बोकेर स्थापना भयो। यसको मुख्य उद्देश्य भनेको नै प्रवासी नेपालीलाई एउटै मालामा उनेर जन्मभुमिसँग जोड्नु नै हो। प्रबाशी नेपालीलाई देशको उन्नति र बिकासमा सामेल गराउदै जन्मभूमि प्रतिको उत्तरदायी बहन गराउनु हो। दोस्रो पुस्तालाई आफ्नो बाउ बाजेको जन्मभूमिसँग जोड्दै पूँजी र प्रबिधि लाई नेपाल सँग जोड्नु हो।
जुन उद्देश्य राखेर संस्था स्थापना गरियो त्यो दिशामा अगाडि बढ्न नसकेको देखिन्छ । कहिले के विवाद त् कहिले के विवाद मा सस्था फसिरह्यो। सस्थापक नै अन्तरास्ट्रिय समन्वय परिषदको निर्बाचन बहिस्कार गर्ने सम्म अबस्था सिर्जना हुन् थाल्यो। यो हुनु हामी गैर आवासीय नेपालीको लागि दुखद कुरा हो।
अब कुरा गरौ अन्तरास्ट्रिय समन्वय परिषद अमेरिकाको। एन सी सी मध्यको सबै भन्दा ठुलो एन सी सी नै अमेरिकाको एन सी सी हो। हालैको जनगणना अनुसार झन्डै एक लाख नब्बे हजार नेपालि अमेरिकन अमेरिकामा रहेको आकडाले देखाएको छ। एक लाख नब्बे हजारमा करिब २१ हजार एन आर एन सदस्य हुनु सकारात्मक कुरा त् हैन र पनि सबै भन्दा ठुलो एन सी सी भनेर गर्व गर्दछौ। बाहिर जे जसरी कुरा गरेता पनि एन आर एन अभियानमा जोडिएका सच्चा अभियन्तालाई यो आकडाले पक्कै पनि छोएको हुनु पर्दछ। किन अमेरिकन नेपाली एन आर एन सदस्यता लिन चाहादैन? करिब २१ हजारमा पनि आफ्नै पैसाले सदस्यता लिने आधा पनि छैनन् भन्ने यदाकदा सुन्ने गरिन्छ । के यो साँचों हो? यसको जवाफ सम्पुर्ण एन आर एन प्रेमीहरु लाई कसले दिने? कसको कुरा बिश्वास गर्ने ? एउटा सामाजिक सस्था मा किन यति धेरै अबिश्वास सिर्जना भयो? एन आर एन प्रति किन नकारात्मक कुरा मात्र बाहिर आउछन ? गरेका थुप्रै राम्रा कामहरु पनि छन् ती किन सधै ओझेलमा पर्दछन ? सस्थामा सधै मुदा मामिला किन ? यो सबै हुनुको दोष यस अघिका नेतृत्व ले लिने कि नलिने ?
हालै मात्र निर्वाचन मार्फत नयाँ कार्यसमिति चयन भएको छ। बिजयी उम्मेदवार हरु खुशी हुनुहुन्छ भने केहि उपबिजेताहरु हार लाइ सहर्ष स्वीकार गर्न सकिरहनु भएको छैन। यो कुरा प्रस्ट देखिएको छ। अबको केहि समयमा साधारण सभा पनि हुदै छ। साधारण सभा मा के कसरी प्रस्तुत हुने भनेर समुह नै बनेको देखिन्छ। के कसरी साधारण सभालाई सरल र सहज बनाउने भन्दा पनि एक ले अर्को लाई कसरि खुइलाउने भनेर मात्र योजना बनेका देखिन्छन। के यो प्रबासमा बसेर गरिने सच्चा सामाजिक काम अन्तर्गत पर्दछ र ? के यो तरिकाले अमेरिका बासि सम्पुर्ण नेपालीलाई एन आर एन ले समेट्न सक्ला त् ?
भन्ने गरिन्छ एन आर एन धनीहरुको क्लब बन्दै छ। के यो साचो हो ? हैन भने साधारण सभाले यो कुरा चिर्न सक्नु पर्दछ। सधै देखिने किचलो के कसरि अन्त्य गर्न सकिन्छ त्यो कुरा साधारण सभामा प्रस्तुत हुनु पर्दछ। मुद्धा मामिला रहित, कम खर्चिलो निर्बाचन कसरी गर्न सकिन्छ त्यो कुराको उठान हुनु पर्दछ साधारण सभामा। नेपाली अमेरिकनले भोग्ने गरेका समस्याको बिषयमा छलफल हुनु पर्दछ। नेपाली अमेरिकनलाई के कसरी मुलधारमा स्थापित गराउन सकिन्छ त्यो कुराको बहस हुनु पर्दछ । तब मात्र एन आर एन लाई सर्बसाधरणले हेर्ने दृस्टिकोणमा फरक आउने छ । आदरणीय अमेरिकावासी एन आर एन अभियन्ता ज्युहरु तपाइहरु नेता हैन सच्चा एन आर एन अभियन्ता बनिदिनुहोस तपाइहरुको उचाइ अझै बढ्ने छ। विवाद किन र कसरि हुन्छ त्यो तपाइहरु लाई प्रस्ट जानकारी छ। नेता नभएर सच्चा अभियन्ता बन्न सबै लाग्ने हो भने यो खालको विवाद देखिदैन र छाती फुलाएर अमेरिकाको एन सी सी सदस्य भन्न पाइने छ। सबै भन्दा ठुलो एन सी सी भनेर गर्ब गर्न लाएक हुने छौ।
अन्त्यमा हालै मात्र निर्वाचित नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा विवाद रहित सम्पुर्ण नेपाली अमेरिकनलाई नेतृत्व गर्दै अगाडि बढ्न सक्नु होस् शुभकामना। संगै आउदै गरेको साधारण सभाले एन आर एन अमेरिकाको विवाद अन्त्य होस। सधै विवादको समाचार लेख्न र पढ्न नपरोस शुभकामना।
प्रतिक्रिया