मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

मैले भन्दा राम्रो काम अरु कसैले गर्न सक्छ भन्ने विश्वास भयो भने म आफैं उनलाई भोट दिनेछु ’—कृ्ष्ण लामिछाने

मैले भन्दा राम्रो काम अरु कसैले गर्न सक्छ भन्ने विश्वास भयो भने म आफैं उनलाई भोट दिनेछु ’—कृ्ष्ण लामिछाने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वेको, टेक्सस। वेको टेक्ससमा रहेको नेपालीहरुको संस्था वेको नेपाली समाजले एनआरएनए अमेरिकाको आगामी निर्वाचनका उम्मेदवारहरुसंग बुधबार साँझ एक चुनावी भेटघाट एवं अन्तर्क्रिया कार्यक्रममाको आयोजना गरेको छ। कार्यक्रममा अध्यक्षका प्रत्यासी कृष्ण लामिछाने सहित केन्द्रीय र स्टेट च्याप्टरका विभिन्न पदका उम्मेदवाहरु सहभागी भएका थिए।
 
यही मे २९ का दिन हुने एनआरएनए अमेरिकाको चुनाव केन्द्रित भेटघाटहरुमा प्रमुख उम्मेदवारहरुले समुदायसंग गर्ने अन्तर्क्रियाले उम्मेदवारहरुको योजना र प्रथमिकताका बारेमा जान्न अमेरिकी एनआरएन मतदाताहरुलाई सहज बनाइरहेको छ। अध्यक्ष लगायत प्रमुख पदका उम्मेदवारहरुले नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको साना-ठूला प्राय सबै सहरहरुमा भेटघाट/अन्तर्क्रिया जारी राखेका छन्।
 
“एक पटकको नेपाली संधैको नेपाली, दोहोरो वा गैर आवासीय नेपाली नागरिकता, नेपालमा लगानी गर्न चाहने नेपालीहरुका लागि दोहोरो कर नलाग्ने व्यवस्था र दोश्रो तथा तेश्रो पुस्ताका नेपाली- अमेरिकनहरुबीच पनि एनआरएन गतिविधि जारी राख्न एनआरएनएको नेतृत्वमा हुनेले नै पहल गर्नु पर्छ। र, म त्यही कामको लागि अध्यक्ष पदमा उम्मेदवार भएको हुँ”, लामिछानेले भने।
सामाजिक गतिविधिहरुमा आफ्नो संलग्नताका बारेमा स्मरण गर्दै लामिछिनेले भने— यहाँहरु कसैलाई पनि मैले भन्दा अरुले राम्रो काम गर्न सक्छन् भन्ने लाग्छ भने उनैलाई भोट दिनु भए हुन्छ। एनआरएनए अमेरिकालाई हामी सबैको साझा संस्था बनाउने अभियानमा मैले भन्दा राम्रो गर्न सक्छन् भन्ने विश्वास भयो भने म आफैं उनलाई भोट दिनेछु”, लामिछानेले यसो भन्दा उनलाई सुनिरहेकाहरुले उत्साहित भएर ताली मात्र बजाएनन्, हाम्रो र राम्रो एनआरएनएका लागि चाहिने मान्छे उनै हुन् समेत भने।
 
लामिछानेले आफू विजयी भए अहिले सुनिने गरिएका गुनासाहरु आउन नदिने प्रतिबद्धता गरेका छन्। उनले आफा योजना सुनाउँदै भने—
आफ्नो भन्दा राम्रो मान्छेलाई जिम्मेवारी दिएर चुनावमा पराजित साथीहरुको समेत सुझाव र सहयोग लिएर एनआरएनए शुद्धिकरण र सुधार अभियान चलाउने, मेम्वरसिप भेरिफिकेसन स्टेट च्याप्टरले गर्ने व्यवस्था मिलाउने,
एकपटकको नेपाली संधैको नेपाली भन्ने एनआरएन अभियानकै अर्को प्राथमिक विषय दोहोरो कर हटाउने तर्फ विज्ञ समुह बनाएर काम गर्ने,
नेपाली भाषाले स्टेटस्तरका ड्राइविंग टेष्टमा मान्यता पाउने व्यवस्थाका लागि स्टेट च्याप्टरलाई जिम्मेवारी दिने,
दोश्रो/तेश्रो जेनेरेशनका नेपालीहरुलाई समेत एनआरएन अभियानमा संलग्न गराउन उनीहरुकै उमेर समुहका युवाहरु सहभागी रहने एउटा विशेष टास्क फोर्स बनाएर काम गर्ने।
 
“एजेण्डा र घोषणापत्रको कुरामा मात्र सीमित रहन्न, नेपाली समुदायका लागि परेको काम गर्ने हो, तपाईंहरुको सबै असल काममा म साथ रहनेछु।”, लामिछानेले दृढताका साथ भने।
उनले समाजका लागि निष्ठापूर्वक गरेको कामबाट प्राप्त उर्जालाई एनआरएनए अमेरिकालाई हाम्रो नेपाली समुदाय र नेपालको हितका लागि प्रयोग गरुन् भन्ने सद्भाव समेत सहभागी, कार्यक्रम संचालक र अन्य पदमा उम्मेदवार भएकाहरुले राखेको सुनियो।
 
आइसीसीका सल्लाहकार एवं सामाजिक व्यक्तित्व हरिबोल भण्डारीले लामिछाने जस्तो समाजका लागि कामगर्ने व्यक्ति नेतृत्वमा पुगेमात्र एनआरएनएमा हाल देखिएका/सुनिएका विसंगतिहरु हटाउन सकिने सुझाव जिएगा थिए। सदस्यता र भोटिङ्ग विवाद ‘फेस आइडी’ प्रणाली बनाइए आफैं समाप्त हुने भन्दै लामिछानेको नेतृत्वले यसतर्फ ध्यान दिनुपर्ने धारणा राखेका थिए। वेकोका युवा श्रीकृष्ण गौतमलाई लामिछानेको चुनावी अभियानसंग जोड्न आफू यो भेटघाटमा सहभागी हुन आएको बताएका भण्डारीले द्रोण गौतम, विकास उप्रेती जस्ता नेपाली समुदायका लागि काम गर्न अग्रसर युवाहरुको संलग्नताले समग्र चुनावी अभियानलाई सघाउ पुगेको बताए।
 
एनआरएनए अमेरिकाका गतिविधिहरु नेपाली राजनीतिबाट प्रभावित हुने वा नहुने भन्ने यसको नेतृत्व गर्ने व्यक्तिको कार्यशैली र व्यवहारले धेरै हदसम्म निर्धारण हुने निश्चित छ।
अध्यक्षको प्रतिस्पर्धामा अघि देखिएका कृष्ण लामिछाने, नेपाली शैलीको राजनीति गरेर समाज भाँड्ने होइन, जोड्ने तिर एनआरएनएको ध्यान जानुपर्छ भनेर सचिव पदका लागि चुनावी अभियान शुरु गरेका ह्युस्टनका अगुवा द्रोण गौतम, डालासको नेपाली समाजमा परिचित उपाध्यक्षका उम्मेदवार विकास उप्रेती, वोर्ड अफ डिरेक्टरका उम्मेदवारहरु वेकोका सक्रिय युवा श्रीकृष्ण गौतम, अस्टिन नेपाली समुदायमा सक्रिय अगुवा नेपालीहरु दिपक हुमागाईं र रामकुमार महतो, क्यालिफोर्नियाका युवा राजेन्द्र जोशी लगायतका उम्मेदवारहरुले आफ्नो उम्मेदवारीका बारेमा संक्षिप्त मन्तव्य राखेका थिए।
 
यसैगरी आइसीसी सदस्यका लागि उम्मेदवारी दिएका एनआरएनए अमेरिकाका पूर्व प्रवक्ता विनोद तिवारीले पनि आफ्नो सिकाई र अनुभव एनआरएनएमा लगाउन आफूलाई मत दिन अपील गरेका थिए। टेक्सस च्याप्टरको अध्यक्ष, उपाध्यक्ष र सचिव पदका उम्मेदवारहरु क्रमश: सोफिन थापा, गङ्गा शर्मा र कृष्ण न्यौपानेले पनि स्थानीय नेपाली संघसंस्थाहरुसंग समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त उम्मेदवार साथ गरिरहेका डालासका सामाजिक गरेका थिए।
 
वेको नेपाली समाजका सचिव सुदर्शन धितालले संचालन गरेको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष प्रकाश ज्ञवालीले गरेका थिए। एनआरएन अभियानलाई जिवन्त राख्न र पछिल्लो पुस्ताहरुसम्म पनि एनआरएनएको अस्तित्व कायम राख्न लामिछाने जस्तो सामाजिक व्यक्तित्व नेतृत्वमै पुग्नु पर्ने अधिकांश सहभागीहरुको चाहना थियो। डालासको नेपाली समुदायकाबीच सामाजिक गतिविधिहरुमा अत्यन्तै सक्रिय अगुवा कृष्ण लामिछानेका बारेमा थाहा पाएका प्राय सबै नेपालीको पहिलो रोजाईको उम्मेदवार लामिछाने नै हुन् भन्ने निचोड् निस्केको अन्तर्क्रियामा लामिछानेलाई दुईवर्षमा गर्नुपर्ने कामहरुका बारेमा सुझावहरु पनि दिइएको थियो।