मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चितवनमा चौबीस वर्षपछि फर्कियो युनियनको साख

चितवनमा चौबीस वर्षपछि फर्कियो युनियनको साख

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । नेपाल पत्रकार महासंघको निर्वाचनमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलबाट नारायणप्रसाद अधिकारी विजयी भएका छन् । अधिकारीको प्यानललाई दुई तिहाइ बहुमत प्राप्त भएको छ । 
 
चितवनमा कुल २७४ मतदाता रहेकोमा विदेशमा रहेकाबाहेक २६६ मत खसेको थियो । जसमा अधिकारीले १४६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी प्रेस चौतारी प्यानलका तिलक रिमालले ११२ मत पाएका छन् । यस्तै, स्वतन्त्र प्यानलबाट सूर्यप्रसाद कँडेलले ४ मत प्राप्त गरे । 
 
यस्तै, उपाध्यक्षमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलबाट प्रकाशमणि ज्ञवाली निर्वाचित भएका छन् । उनले १३० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी रमाकान्त पौडेलले  १२४ मत ल्याए । उपाध्यक्षमा स्वतन्त्र प्यानलका विनोदबाबु रिजालको ९ मत आयो । 
 
यसैगरी, महिला उपाध्यक्षमा पनि लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलकै प्रमिता ढकाल विजयी भएकी छन् । उनले १४१ मत ल्याउँदा प्रेस चौतारी प्यानलकी शान्ता अधिकारी ‘बी’ले १२२ मत पाइन् । 
 
सचिवमा प्रेस चौतारी प्यानलका दीपेन्द्र अधिकारी विजयी बने । उनले १४२ मत ल्याउँदा प्रतिस्पर्धी अनिल ढकालले १२४ मत प्राप्त गरे । चौतारी प्यानलको ११३ मत सुरक्षित रहे पनि अधिकारीलाई स्वतन्त्र समूहका र प्रेस युनियनको क्रस मत निर्णायक बनेको हो । 
 
यसैगरी, सहसचिवमा चौतारी प्यानलका आनन्द पोखरेलले १२३ मतसहित बाजी मारे । उनले ५ मतले लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलका टीकादत्त तिमिल्सिनालाई हराएका हुन् । उनले ११८ मत प्राप्त गरे । चुनावी गठबन्धनमा जित सुनिश्चित भइसकेका तिमिल्सिनालाई हराउन युनियनका राजु सापकोटा लागिपरेका थिए । उनले उक्त पदमा बागी उमेदवारी दिएर मतदानको मध्यान्तरमा उमेदवारी फिर्ता लिएको घोषणा गरेका थिए । सापकोटाले २१ मत ल्याए । यद्यपि प्रेस युनियन चितवनले उनलाई अनुशासनको कारबाही गरिसकेको छ ।  
 
यस्तै, समावेशी सहसचिवमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलका उर्गेन तामाङ विजयी भए । उनले १५२ मत प्राप्त गर्दा प्रतिस्पर्धी चौतारी प्यानलका अमिर रामदामले १०१ मत प्राप्त गरे ।  
 
यसैगरी, कोषाध्यक्षमा समावेशी सहसचिवमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलबाटै राजेन्द्र आचार्य निर्वाचित भए । आचार्यले १०६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी चौतारी प्यानलका गोविन्द घिमिरेले १०२ मत प्राप्त गर्दा अर्का स्वतन्त्र उमेदवार राजेश घिमिरेले ५७ मत प्राप्त गरे ।   
 
यसैगरी, महिला सदस्यमा शोभा पुडासैनी १५६, दलित महिला सदस्यमा एलिना पोखरेल प्रिति १४८ र आदिवासी जनजाति सदस्यमा तुलमान गुरूङ अत्यधिक १७८ मतका साथ निर्वाचित भए । तीनै जना लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलका हुन् । 
 
यस्तै, सदस्यहरुमा निर्वाचित हुनेहरुमा अनिल भट्टराई, बबिलाल तामाङ, बसन्त शर्मा ढुंगाना, सरिता पौडेल, विवेक पोखरेल, विप्लव काफ्ले, ज्ञानेन्द्र तामाङ र समीक्षा पुरी निर्वाचित भए । 
 
यसवर्षदेखि प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार जिल्लाका मतदाताहरुले प्रदेश र केन्द्रको नेतृत्व पनि चुन्ने व्यवस्था भएको हो । केन्द्रीय परिषद् सदस्यहरुमा दीपक आचार्य, सुरेशचन्द्र अधिकारी, शान्ता अधिकारी, शारदा पौडेल, राजु चौधरी र सन्तकुमार चौधरी विजयी भएका छन् । 
 
यस्तै, प्रदेश परिषद् सदस्यहरुमा अर्जुन अधिकारी, आशिस अधिकारी, केशव भट्टराई, दीपक पोखरेल, प्रविन बराल, विचित्र पौडेल, रमेश पौडेल, सन्तोष देवकोटा, अजिता अधिकारी, अनिता अर्याल, अमृता गुरुङ, दिवा भट्टराई, सरस्वती लामा, सविता दराई, गोपाल परियार, वीरबहादुर सिंजाली र हिरालाल गुरुङ निर्वाचित भएका छन् ।