मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका निर्वाचन, अध्यक्षमा को कति बलियो ?

एनआरएनए अमेरिका निर्वाचन, अध्यक्षमा को कति बलियो ?

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- एनआरएन राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनएए) अमेरिकाको चुनावी माहौल तातिरहेको छ । आम मतदातालाई भन्दा पनि उम्मेवार बनाएर उठाउने र उठ्नेलाई भने चुनाव गज्जबले लागेको छ । सामाजीक संजालमा कयौं उम्मेदवार देखिएका छन् । यहाँको चुनावले एनआरएनए आईसीसीसम्म पनि प्रभाव पार्ने भएकालेपनि केहीलाई चुनाव लागेको हो ।
 
एनआरएनए अमेरिकामा आउने नेतृत्वका लागि अहिलेसम्म अध्यक्ष पदमा चार जनाले उम्मेदवारी घोषाणा गरेका छन् । यी चार मध्ये को बलियो छ ? भन्ने जिज्ञासा र चासो सदस्यहरूबीच बढ्दै गएको छ ।
 
चार जना अध्यक्ष पदका उम्मेदवारमा को बलियो छ भन्ने प्रश्नमा जोडिने विषय कसले कति मत बनाएको छ भन्ने हो । जसले बढी भोट बनाउन सकृय भयो त्यसैले जित्छ यो पनि भनिन्छ । यही आधारमा हामीले यति भोट वनाएका छौं हामीसँग यति छ भन्ने हल्लाहरु पनि चलाईन्छ । चिनेजानेका आफन्त, निष्कृय साथीभाईलाई सदस्य वनाउनु सही पनि हो । यसरी बनाईको पनि होला । तर, हामीसँग ५ हजार भोट छ, हामी छ ९ हजार छ भन्ने दावी सही नै छ भन्ने आधार भने छैन । भोट हाल्दा सबैले आफ्नै विवेक प्रयोग गर्छन । त्यसैले उम्मेदवारको प्रचारमा भोट निर्भर छ ।
 
यसैले अध्यक्षका चारै जना उम्मेदवारले आफुलाई बलियो वनाउन दौडधुप भने वढाएका छन् ।
 
अहिले अध्यक्ष पदमा टेक्ससवाट दुई जना उम्मेदवार छन् । टेक्सस सबैभन्दा बढी एनआरएनए अमेरिका भित्र सदस्य रहेको राज्य पनि हो । कृष्ण लामिछाने र डा. अर्जुन बञ्जाडेले केही दिनको फरक पारेर एकै स्थानवाट अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए ।
 
दुई मध्ये कृष्ण लामिछाने निकट समुह भने आफ्नो जित हुनेमा धेरै आशावादी छ । लामिछाने निकटहरु भन्छन् हामीले सदस्य वनाउन धेरै मेहनत गरेका छौ, नेटवर्क राम्रो छ त्यसैले कृष्ण लामिछानेले चुनाव नजित्ने कुरै आउँदैन । कृष्ण पक्षकाको दावी करिब पाँच हजार जति भोट बनेको भन्ने छ ।
 
अर्को उम्मेदवार पक्षका समर्थकले यो संख्या हावादारी भन्दै कति बनाईएको छ आफुहरुलाई राम्रोसँग जानकारी भएको समेत दावी गरे ।
 
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका बुद्धि सुवेदी पक्षधर भने आफ्नो पक्षको जितमा कुनै शंका नगर्न सुझाव दिन्छन् । बुध्दि एनआरएनए अमेरिका च्याप्टरमा पनि काम गरेको अनुभव छ, उनका समर्थक भन्छन् यही आधारमा कयौं च्याप्टर अध्यक्षको सुवेदीलाई समर्थन छ । एउटा च्याप्टर अध्यक्षले एकसय भोट प्रभाव पार्ने हो भनेपनि दुइहजार भोट सिधै बुद्धिजीलाई फाइदा हुन्छ । अमेरिकामा व्यवसाय गर्दै आएका बृद्धि सुवेदी हालका उपाध्यक्ष हुन् ।
 
सदस्ययता अभियानको सुरुमै सुवेदीले सकृयता देखाएको हुँदा करिब ९ हजार मत रहेको दावी सुवेदी समर्थकहरुको छ ।
 
तर्क र एजेन्डामा भने डा अर्जुन बञ्जाडे राम्रो रहेको दावी गर्नेहरू पनि छन् । बञ्जाडे एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष पनि हुन् । वरिष्ठ उपाध्यक्षका रुपमा बञ्जाडेले राम्रो काम पनि गरेका थिए । उनले पनि साथीभाईलाई सदस्य बनाउन पहल गरेका थिए ।
 
अर्का उम्मेदवार तिलक केसीलाई बामपन्थी उम्मेदवारका रुपमा हेरिएको छ । उनी भने यसलाई स्विकार्दैनन् । हाल एनआरएनए अमेरिकाका बोर्ड सदस्य केसी संस्था संचालनमा राम्रो मानिन्छन् । उनी एनआरएनए भित्र सिन्डिकेट तोडौ भन्ने नाराका साथ चुनावमा आएका छन्  । सिन्डिकेट भन्दाले आफ्नो समुहलाई चुनावमा जिताउने प्रपञ्च गर्नेहरुलाई उनले अंकित गरेका छन् ।
 
चार जना बीच मिल्ने र मिलाउने प्रयास पनि भईरहेको छ । बुद्धि सुवेदी र अर्जुन बञ्जाडे बीच मिलाउने प्रयासमा समुह सकृय भईरहेको छ । ‘सायद उहाँहरु मध्ये एक जना उठनु हुन्छ होला’ दुवै जना निकटले हिमालयखवरलाई भने । यी दुई मध्ये कसलाई छाड्ने भन्ने कुरा कसले कति भोट वनाउन पहल गरेको छ त्यस आधारमा सहमती गर्न सकिन्छ उनले भने । दुई मध्ये एक जनालाई क्षेत्रीय संयोजकमा लान सकिने भन्ने छ ।
 
बृद्धि सुवेदी पक्षधरले कृष्ण लामिछाने समुहलाई समेत मिलेर जान अनौपचारिक रुपमा प्रस्ताव गरेका छन् । यदी हाम्रो प्रस्ताव मान्ने हो भने अध्यक्षमा सर्वसम्मत पनि हुन सक्छ, सुवेदी निकटले भने । सुवेदी समुहले लामिछानेलाई वरिष्ठ उपाध्यक्षमा बस्न प्रस्ताव गरेको छ । तर लामिछाने समुहले यो प्रस्तावलाइ अस्विकार गरेको छ । लामिछाने समुहबाट भने डा. बञ्जाडेलाइ अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकको प्रस्ताव भएको बताइएको छ । क्षेत्रीय संयोजकका लागि पदाधिकारीमा काम गरेको योग्यता हुनुपर्छ । बञ्जाडे एक कार्यकाल वरिष्ठ उपाध्यक्ष भैसकेका कारण क्षेत्रीय संयोजकका लागि सहयोग गर्न तयार रहेको प्रस्ताव लामिछाने समूहबाट गएको स्रोतको दावी छ । 
 
कति मतदाता ?
कति मतदाता छन् यो तय भएको छैन । एनआरएएनए अमेरिकाले राजन पन्तलाई सदश्यता छानविनका लागि जिम्मेवारी दिएको छ । उनको समुहले केही दिनमै आफ्नो अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ ।
 
अहिले एनआरएएनए अमेरिकाको सदस्यताका लागि करिव २१ हजारले आवेदन दिएका छन् । २०९३ सदस्यमा पहिले देखि विवाद पनि छ ।
 
आवेदन दिएका २१ हजारनै कायम हुने अवस्था भने छैन । यो संख्या करिव ६ हजार सम्म घट्न सक्ने वताईएको छ । तर यसको यकिन छैन । सदस्यता आवेदनमा त्रुटी देखियो भने त्यसलाई तत्काल हटाउने छानविन समितिले जनाएको छ । कयौं शंकास्पद सदस्य देखिएको बताईएको छ । यस आधारमा ६ हजार जति घटेर करिव करिव १५ हजारको हाराहारीमा मतदाता कायम पनि हुन सक्छ ।
 
यसले अध्यक्षमा कुन उम्मेदवारलाई फाइदा पुग्ला यो भन्न सकिदैंन । तर, चारै उम्मेदवारका निकटले फर्जी सदस्यहरू हटाउँदा आफुलाई फाइदा हुने दावी भने गरेका छन् ।