मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अमेरिकामा दशैं टिका, बिबाद होईन बहस

अमेरिकामा दशैं टिका, बिबाद होईन बहस

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दशैं कसरी मनाउने, टिका कहिले लगाउने, नेपालमा बुबाले  पहिला लगाउने कि अमेरिकामा छोराले पहिला लगाउने, कति दिन टिका लगाउने भन्ने कुरा परम्परा होला । तर दशमी तिथि संसारको कुन ठाउॅंमा कहिले पर्छ भन्ने कुरा परम्परा होईन । यो त खगोल शास्त्रमा आधारित ज्योतिष शास्त्रले निर्धारण गर्ने बिज्ञान संगत तथ्य हो, तर्क होईन ।

बिज्ञान र गणितको समिश्रण ज्योतिश शास्त्रका बिज्ञहरूको निर्णय तर्कले हेईन तथ्यले काटौं । यसलाइ काट्ने तथ्य संगत कुरा छन् भने अगाडी ल्याउँदा सबैले स्विकार गर्ने छन। होईन भने तर्कको अन्त्य कहिल्यै हुँदैन । यसपटक नेपालमा दशैंको टिका अर्थात दशमि तिथि अक्टोबर २६ तारिख सोमबार परेको छ ।

नेपालमा अक्टोबर २६ तारिख सोमबार दशमी तिथि पर्यो भनेर कस्ले निर्धारण गर्यो ? त्यसको एउटै उत्तर हो – नेपाल देशको आधिकारिक निकाय, जसमा खगोल र ज्योतिष शाष्त्रका बिज्ञहरू रहेका हुन्छन, नेपाल पञ्चाङ्ग निर्णायक सिमिति ।

त्यहि समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम र पुर्ब अध्यक्ष प्रा. डा. माधब भट्टराई सम्मिलित बिज्ञहरूको टोलीले नै नेपाल र अमेरिकमा समय, अक्षांस र देशान्तरमा रहेको फरकका कारण तिथि पनि फरक दिन पर्न गएको उल्लेख गरेका हुन् । यस पटक अमेरिकामा दशमी तिथि अक्टोबर २५ तारिख आईतबार परेको कुरा आधिकारिक रूपमा प्रस्तुत गरेको छ। यो कुनै गोष्ठी वा सभामा बोलेको कुरा नभएर आधिकारिक रूपमा आएको कुरा हो । न त उहॉंहरूको ब्यक्तिगत निर्णय नै हो। यो त खगोल बिज्ञानका आधारमा गरिएको निर्णय हो । यदि उहाँहरूले गरेको निर्णय ब्यक्तिगत लाभ र स्वार्थको लागि ठहरिएमा नेपाल सरकारको कारबाही दायरमा आउनु पर्ने छ । र, अर्को महत्वपुर्ण कुरा पंचाङ्ग निर्णायक समितिमा रहेका उहाँहरू बाहेक नेपासमा थुप्रै बिज्ञ ज्योतिषिहरू हुनुहुन्छ, जसले समितिको निर्णय नत गलत भनेको वा अस्विकार गरेको होस । पंचाङ्ग निर्धारण गर्ने काममा खाली समितिमा रहेका मात्र नभएक बिषयर बिज्ञताका आधारमा अन्य थुप्रै ज्योतिषिहरूको संलग्नता रहेको हुन्छ ।

त्यसैले, अमेरिकामा दशैंको टिका आईतबार लगाउने की सोमबार त्यो व्यक्तिको ईच्छाको कुरा हो । तर यदि तपॉंई नक्षत्र, राशि, तिथि, मिति, दिन, गते, बार मान्नु हुन्छ भने, अनि यदि तपाई देशान्तर र अक्षाशको अन्तर बुझ्नुहुन्छ भने र नेपाल र अमेरिका बीचमा १२ घण्टाको समय फरक छ भनेर स्विकार गर्नु हुन्छ भने अमेरिका र क्यानडामा दशमि तिथि अक्टोबर २५ तारिख आईतबार र अक्टोबर २६ तारिख सोमबार एकादशी तिथि परेको छ। यो कुनै “परम्परा”मा अडिएर मेरो ब्यक्तिगत मन गडन्ते तर्क नभएर बिज्ञान सम्मत ढंगबाट बिज्ञहरूले गरेको तथ्य संगत निर्णय हो ।

पुनश्च अमेरिकामा हामीले दशमीको दिन टिका थाप्ने की एकादशीका दिन त्यो तपाइ हामी सबैको ईच्छाको कुरा हो । स्वनिर्णयको अधिकार हाम्रै हो । हाम्रो संस्कारमा टिकाको दिनदेखि पूर्णिमासम्म टिका लगाउने चलन छँदैछ ।

एउटा तर्क आएको छ, यो कुरा पहिले किन आएन ? अहिले किन आयो ? एकै छिन झट्ट सुन्दा यो प्रश्न जायज लाग्छ। तर हामीले बुझ्न जरूरी छ की कुनै पनि नयाँ कुराको सुरूवात गर्दा पहिला त्यो “अहिले नै किन ? जस्तो लाग्छ । जसरी हामी अभ्यस्त भएको बानी वा दैनिकी परिबर्तन गरेर फरक ढंगले हिड्नु पर्ने हुन्छ त्यतिखेर हामीलाई अलिक असजिलो लाग्छ तर कालन्तरमा फेरि हामी त्यही कुरामा अभ्यस्त हुन्छौं ।

अमेरिकामा भारतीय मूलका हिन्दु धर्मावलम्बीहरूले यो कुरा स्बिकार गरेको बिसौं बर्ष भै सकेको छ । हामी नेपाली हिन्दु र बौद्ध धर्मावलम्बिहरूको ईतिहास अमेरिकामा लामो छैन, हामी सिक्दै अघि बढ्दै छौं ।

नेपाल बाहिर सबै भन्दा बढी नेपाली मूलका हिन्दु र हिन्दु मन्दिर भएको ठॉंउ बर्मा हो । लामो ईतिहास भएका बर्मेली हिन्दुहरूले पनि हालै आएर समय, देशान्तर र अक्षांश अनुसार तिथि मिति फरक पर्ने कुरा स्विकार गरेका छन । यसपालि उनीहरूले पंचांग निर्णायक समितिलाई आधिकारिक रूपमा पत्र नै लेखि बर्माको समय अनुसार दशैंको साईत निर्धारण गर्न अनुरोध गरेका छन । त्यसैले सबै कुरा समयको माग र आबस्यकता अनुसार परिबर्तित र परिमार्जन हुँदै जाने विषय हुन् । समय सँगै हामी पनि अभ्यस्त हुँदै जान्छौ ।

हिन्दु धर्मका कतिपय परम्परा,  र प्रचलनहरू तथ्यसंगत र समय सान्दर्भिक नदेखिँदा अपभ्रंश प्रबृत्ती बन्न पुगेका थुप्रै उदाहरण छन। जसका कारण बेलाबेलामा अफ्ठारो परिस्थितिको सामना गरिरहनु परेको तथ्यका अनुभवी हामी सबै छैँ । उदाहरणका लागि कुनै समय दशैं चाड धुमधामकासाथ मनउने एउटा समुह अहिले आएर दशैं हाम्रो चाड हाम्रो होइन भनेर हिडेको देखिन्छ। त्यसका पछाडीको अरू कारण जे सुकै होस तरएउटा महत्वपूर्ण कारण चाहीँ आफूलाई हिन्दु धर्मालम्बी भनेर गर्व गर्ने हामीहरूको जडसुत्रबादी सोच र तर्क हो भन्ने मेरो ब्यक्तिगत धारणा छ । परम्परा पछ्याउनु गलत होईन, तर त्यस्ता परम्पराहरू बिज्ञान संगत र तथ्य संगत भएमा सबैले सहज महसुस गर्ने बाताबरण बन्दै जान्छन् ।

यो बिषय नितान्त प्रबिधिक हो । बिज्ञान सम्मत हो । यसको प्राबिधिक पक्षमा बहस गर्ने क्षमता र हैसियत मेरो पनि छैन । यो आलेखबाट त्यो धृष्टता गर्न खोजेको पनि होईन । खाली मेरो भनाई यति मात्र हो की प्राबिधिक बिषयमा छलफल, बहस तर्क गर्ने जिम्मा सम्बन्धित बिषयका बिज्ञ प्राबिधिकहरू लाई नै दिउॅं । सबै ठॉंउमा सबैको तर्क लागु हॅंदैन । न्यूयोर्कका फलानाले के भन्नु भयो, डालसका तिलानालेके भन्नु भयो भनेर बोल्दा, लेख्दा एकै छिनका लागि समाजलाइ तरंगीत बनाउने बिषय बन्ला तर सत्य ढिलाचाँडो सार्वजनिक भएपछि सबैले हो रहेछ त भन्नेनै छन् ।

(लेखक पशुपतिनाथ तथा बुद्ध मन्दिर ड्यालसका अध्यक्ष हुन् ।)