मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकाले कम्युनिष्ट पार्टीका समर्थकको प्रवेशमा कडाई गर्ने

अमेरिकाले कम्युनिष्ट पार्टीका समर्थकको प्रवेशमा कडाई गर्ने


शेयर गर्नुहोस:

2.8k
Shares

  • change font
  • change font
  • change font

मेरिका- कम्युनिष्ट वा बामपन्थी विचारधारा राख्ने प्रायले अमेरिकालाई पुंजीवादी र सामराज्यवादी देश भन्दै गाली गर्छन । मुख्य शत्रु राष्ट्रनै मान्छन् । अमेरिकाले पनि कम्युनिष्टहरुलाई अधिनायकवादी पार्टीका रुपमा लिदैं यसका समर्थकलाई अमेरिका प्रवेश र स्थायि वसोवारमा निरुत्साहित गर्दै आएको छ । हिटलरको नाजीपार्टी कै तहमा कम्युनिष्टलाई व्यवहार पनि गरिन्छ ।

अमेरिकाले अहिले कम्युनिष्ट वा यस्तै अधिनायकवादी पार्टीमा आवद्ध सदश्यलाई अमेरिका प्रवेश, स्थायि बसोवास र नागरिकतामा कडाई गर्ने नीतिलाई पुन दोहोर्याएको छ । 

Advertisement
ADVERTISEMENT

अमेरिकाको आन्तरिक सुरक्षाकारण भन्दै कम्युनिष्ट वा यस्तै अधिनायकवादी पार्टीका सदश्यलाई अमेरिकामा ग्रिनकार्ड वा स्थायी बसोवास अनुमतिमा पुन कडाई गर्ने नीति अमेरिकाले सार्वजनिक गरेका हो । 

विशेषगरी चीनको कम्युनिष्ट पार्टीमा आवद्ध हुनेलाई हतोत्साहित गर्न कडाईगर्न लागिएको विश्लेषण गरिएको छ । तर, यसको तरगं नेपालसम्म पुगेको छ । 

नेपालमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले यो नीतिको विरोध गरेका छन् । 

अमेरिका खासमा उदार अर्थनीति अवलम्बन गरेको पुंजीवादी देश भएपनि यहां आर्थिक रुपमा कमजोर वर्गमा लागि थुप्रै सहुलियत दिइन्छ । तर, अमेरिकामा अधिकांश नागरिक राज्यका सहुलियत लिनुभन्दा काम गरेर खान चाहान्छन् । 

धेरैका लागि अमेरिका काम नगरी खान नपाइने देश पनि हो । यो त कम्युनिष्ट देश हो नेपालमा जस्तो सुतेर कहां खान पाइन्छ भनेर प्रतिकृया दिने नेपाली पनि भेटिन्छन् । जसले काम गर्छ उसले अभावमा बांच्नु पर्दैन । सामान्य काम गरेरपनि परिवारमा मिलेर वस्ने हो भने चाहेको गाडी चढ्न, राम्रो र मिठो खान, वातानुकुलित घरमा वस्न सकिन्छ । 

अति धनी र ज्यालादारीमा काम गर्ने पनि केहिले कांही एकै ठाउंमा सामान किन्न र खान पुग्छन् । अमेरिकामा राष्ट्रपति समेत कहिले कांही समान्य रेष्टुरेष्टमा लाइनमा वसेर खाना लिईरहेका तस्विरपनि सार्वजनिक भएका छन् । 

अमेरिका बाटोमा बस्ने गरिबलाई भन्दा धनी र शक्तिमा हुनेलाई वढी कानुन लाग्ने देश पनि हो । नेपालमा  जस्तो शक्तिमा हुनेहरुलाई एक खाले अरुलाई छुट्टै खालको नियम यहां हुदैंन । मोटर चलाउने लाइसेन्स निकाल्नु पर्यो वा पासपोर्ट सवैले एउटै प्रकृयामा जानै पर्छ । 

नजिकै रहेको खोलामा बल्छीवाट माछा मार्न समेत पैसा तिरेर लाइसेन्स लिनु पर्छ । कानुनी राज्य र वाक स्वतन्त्रताको यहां पुरा ग्यारेण्टी जस्तै छ । 

अमेरिकामा पनि भुमिगत रुपमा कम्युनिष्ट पार्टी भने छ । तर, यहां अधिकांश नागरिक कम्युनिष्ट प्रति सकारात्मक धारणा राख्दैनन् । 

करिव एक महिना पछि हुन लागेको राष्ट्रपति निर्वाचनमा सत्तारुढ रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षि डेमोक्र्यार्टीक पार्टीका उम्मेदवारलाई सोसलिष्ट भन्दै आलोचना समेत गरेका छन् । 

ह्वाइट हाउसले अनुदार इमिग्रेशन नीति लिइरहेका वेला कम्युनिष्ट पार्टी सदश्यलाई कडाई गर्ने सार्वजनिक भएको हो । 

नेपालमा पनि हज्जारौ नेपाली कम्युनिष्ट पार्टीका सदश्य रहेकाले यो नियम नेपालीका लागि कति कडाईका साथ लागु गरिन्छ यो भने स्पष्ट छैन । 

शेयर गर्नुहोस:

2.8k
Shares