बनेपा । नेपाल संवत् ११४७ को अवसरमा आज काभ्रेपलाञ्चोकको पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना र्याली निकालिएको छ ।
पनौती नेपालद्वारा आयोजित र्यालीमा नेवारी कला, संस्कृति, मौलिक बाजागाजा तथा वेषभूषा झल्कने झाँकी प्रदर्शन गरिएको थियो । र्यालीमा विभिन्न जातजाति तथा समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले भिन्तुना र्याली नेवार समुदायको एकतामा मात्र सीमित नराखी सबै जातजाति र समुदायबीच एकता तथा सद्भाव कायम गर्ने उद्देश्यले आयोजना गरिएको बताए ।
उनले सबै जातजातिका चाडपर्वलाई साझा उत्सवका रूपमा विकास गर्दै एउटै मूलधारमा जोड्नुपर्ने बताए । नेपाल संवत्को ऐतिहासिक महत्त्वसँगै पनौतीको सम्पदा, मठमन्दिर तथा मौलिक संस्कृतिको संरक्षण र विकासमा नगरपालिकाले ध्यान दिने उनले उल्लेख गरे ।













प्रतिक्रिया