बहराइन । मध्यपूर्वमा युद्ध फेरि सुरू हुने धम्की आएपछि युएईले इरान र अमेरिकाबीचको वार्तामा सफलताको आशा गरेको छ । युएई युद्धको अझ खराब अवस्थाका लागि पनि तयार रहेको त्यहाँका वरिष्ठ अधिकारीले आइतबार बताएका छन् ।
“हामी कूटनीतिक सफलताको आशा गर्दैछौँ,” युएईका राष्ट्रपतिको कूटनीतिक सल्लाहकार अन्वर गर्गासले मनामामा भएको एक सम्मेलनमा भने, “क्षेत्रलाई फेरि अर्को युद्धको चपेटामा पार्नु यसको हितमा छैन तर हामी पहिले जस्तै सबैभन्दा खराब अवस्थाका लागि पनि तयार हुनुपर्न सक्छ भन्ने पनि मैले बुझेको छु ।
यस साता तेहरानमा कतारको एक प्रतिनिधिमण्डलको भ्रमणपछि इरानले खाडी देशमा आफ्ना दूतहरू पठाएको छ । यो इरान र अमेरिकाबीच अप्रत्यक्ष वार्ताको क्रममा युद्ध अन्त्य गर्न गरिएको परामर्शको निरन्तरता हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथिको आक्रमणको चेतावनीलाई दोहो¥याउँदै अमेरिका अझै पनि इरानका एक–दुई लक्ष्यहरू ‘सम्हाल्न’ तयार रहेको बताए ।
“हामी इरानलाई यो क्षेत्र र विश्व अर्थव्यवस्था बन्धक बनाउन दिन सक्दैनौँ,” पूर्वीमामिला समेत हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड ब्लोमेले मनामा सम्मेलनमा आइतबार भने ।
ब्लोमले भने, “वार्ताको हात अगाडि बढाइएको छ र ती सम्पर्क स्रोतहरू खुला र सक्रिय नै छन् । वार्ता सफल नभएमा हामी अर्को बाटो पनि अपनाउन तयार छौँ।”
शनिबार अमेरिकी विदेश मन्त्री मार्को रुबियोले ट्रम्पले इरानमा नयाँ आक्रमण गर्ने निर्णय अझै नगरेको र अमेरिका कूटनीतिक समाधानका लागि खुला रहेको बताए ।
युद्ध फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त आक्रमणबाट सुरू भएको थियो । इरानले त्यसको जवाफमा वासिङ्टनका सहयोगी खाडी देशहरूमाथि पनि आक्रमण गरेको थियो । एएफपी













प्रतिक्रिया