अमेरिका समाचार

दशैंको टीकाको सर्वोत्तम साइत बुधबार बिहान १०:२४

दशैंको टीकाको सर्वोत्तम साइत बुधबार बिहान १०:२४


ड्यालास (टेक्सस) – यस वर्ष अमेरिकामा दशैंको टीकाको सर्वोत्तम साइत अक्टोबर २१, बुधबार बिहान १०:२४ बजे रहेको छ। उक्त समय दशैंको टीका लगाउनका लागि अमृत तथा सर्वोत्तम समय रहेको युलेसस्थित श्री पशुपतिनाथ तथा बौद्ध विहारका मूल पुजारी डा. शेखर पण्डितले जानकारी दिनुभयो।

उहाँका अनुसार उक्त समयमा टीका लगाउन असमर्थ हुने वा नभ्याउनेहरूका लागि बिहान ११:३८ बजे पनि उत्तम साइत रहेको छ। उक्त समयमा पनि टीका लगाउन उपयुक्त हुनेछ।

Advertisement

त्यसैगरी, सोही दिन बिहान ७:३६ बजे देवी विसर्जन गर्न उपयुक्त हुने उहाँले बताउनुभयो।

उहाँका अनुसार टीका लगाउने व्यक्ति पश्चिम फर्किनुपर्ने र टीका लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्नेछ।

डा. पण्डितका अनुसार देवीको प्रसादस्वरूप टीका लगाउन साइत नै कुर्नुपर्ने अनिवार्यता छैन। विजयादशमीका दिन जुनसुकै समयमा पनि टीका लगाउन सकिनेछ।