राजनीति-समाज

आपराधिक तबरले सत्ता परिवर्तन गराउने प्रवृतिको अनुसन्धान हुनुपर्छ : अध्यक्ष ओली

आपराधिक तबरले सत्ता परिवर्तन गराउने प्रवृतिको अनुसन्धान हुनुपर्छ : अध्यक्ष ओली


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अलोकतान्त्रिक, असामाजिक र आपराधिक तरिकाले सत्ता परिवर्तन गराउने प्रवृतिको अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् ।

बिहीबार पार्टी कार्यालय च्यासलमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनीकीकरण कार्यक्रममा अध्यक्ष ओलीले अलोकतान्त्रिक, असामाजिक र आपराधिक तरिकाले सत्ता परिवर्तन गराउने र आफ्ना पपेट गभर्मेन्टहरू स्थापना गर्ने प्रवृत्तिविरुद्ध अनुसन्धान हुनुपर्ने बताए । लोकतन्त्रलाई अलोकतान्त्रिक ढंगले हुत्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए ।

Advertisement

सरकारमा रहनेहरु जनताप्रति जिम्मेवार हुनुपर्ने भन्दै ओलीले एमाले नेतृत्वको सरकारले अशक्तता भएका, शारीरि रूपमा अपाङ्गता भएका, असहाय, बेसहारा र ज्येष्ठ नागरिकहरूको व्यवस्थापनमा विशेष ध्यान दिएको उल्लेख गरे । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्त गर्नका लागि पहिले जनताको दुःख निवारण गर्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीले जनताको दुःख निवारणका लागि आम्दानीका स्रोत सिर्जना गर्ने, उत्पादन बढाउने र परिवारका आधारभूत आवश्यकता पूरा गर्न सक्ने रोजगारीका अवसर उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्ने बताए ।