काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका दिनमा पनि सञ्चालन हुने भएको छ ।
मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न ती कार्यालय सञ्चालन गरिनेछ ।
आयोगको केन्द्रीयसहित प्रदेश र शाखा कार्यालय विदाका दिन पनि बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म खुला रहने प्रवक्ता डा. टीकाराम पोखरेलले बताएका छन् । उनका अनुसार त्यस अवधिमा आकस्मिक प्रयोजनका ती कार्यालय खुला रहने छन् ।













प्रतिक्रिया