राजनीति-समाज

रास्वपालाई चुनावमा गरेको वंशजको नागरिकताको निरन्तरताको वाचा नभुल्न आग्रह

रास्वपालाई चुनावमा गरेको वंशजको नागरिकताको निरन्तरताको वाचा नभुल्न आग्रह



काठमाडौं- नागरिकता खोई अभियानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई विदेशमा नागरिकता लिएका नेपालीको वंशजको नागरिकता निरन्तरता गर्ने गत चुनावमा गरेको प्रतिवद्धतालाई नभुल्न र कार्यान्वयन गर्न स्मरण गराएको छ । नागरिकता खोई अभियानका समुहले रास्वपाका सभापति रवि लामिछानेलाई भेटर चुनावमा गरेको करार पुरा गर्न आग्रह गरेका हुन् ।

रास्वपाले गत चुनावमा पांच बुदांको नागरिक करार सार्वजनिक गरेको थियो । त्यसमा वशंजका नागरिकको नेपाली नागरिकतालाई निरन्तरता दिने पनि उल्लेख छ । त्यसमा रवि र बालेन्द्र शाहले हस्ताक्षर गरेका थिए ।

Advertisement

अहिले रास्वपा संसदमा देशको सवैभन्दा ठुलो दल भएको छ । रास्वपाले चुनावमा गरेको वाचाले हामी धेरै उत्साहित भएका थियौं त्यही भएर विदेशमा वस्ने अधिकांशले उक्त पार्टीका उम्मेदवारलाई जिताउन सकृय सहयोग पनि गरे नागरिकता खोईका संयोजक बासुदेब घिमिरेले भने तर अहिले विरोधाभास पुर्ण कुरा आउन थाले पछि हामी केही शसंकित भएका छौं ।

यदी उक्त वाचा अनुसार विदेशका वस्ने नेपालीका मुद्दा संवोधन नगर्ने हो भने अर्को पटक मन र मत दुवै परिवर्तन हुन सक्ने जानकारी हामीले गराएका हौं घिमिरेले भने ।

नागरिकता खोई अभियानले विगत केही वर्ष देखि वंशजको नागरिकताको निरन्तरता र विदेशका बस्ने नेपालीका मुद्दा सम्वोधन गर्न अभियान चलाउंदै आएको छ । गत चुनावमा रास्वपाले विदेशमा वस्ने नेपालीको अत्याधिक समर्थन पाएको थियो ।

तर, हालै रास्वपाका जिम्मेवार व्यक्तिले वंशजको नागरिकता गर्न सकिदैंन भन्ने धारणा राख्न थालेका छन् । केही दिन अघि परराष्ट्र मन्त्री शिशिर खनालले न्यूओर्कमा आयोजित कार्यक्रममा वंशजको नागरिकता निरन्तरताका लागि संविधान संशोधन गर्नु पर्ने भएकाले यो संभव नभएको वताएका थिए । यो भनाई पछि त्यहां वस्ने नेपालीले यसको प्रतिवाद गरेका थिए । यो भनाई पछि सामाजिक संजालमा परराष्ट्र मन्त्री खनालको विरोध शुरु भएको छ । पहिलो हामी गर्छौ भनेर प्रस्ताव त बनाएर संसदमा राख्नु पर्यो घिमिरेले भने कांग्रेस वा अन्य पार्टीले मानेन भने त्यसवेला हेरौंला तर, चुनावमा वाचा गर्ने तर हुन सक्दैन भन्दा आशंका गर्नु परेको हो ।

विगतका पुराना पार्टीले पनि परराष्ट्र मन्त्री खनालकै भाषाको धारणा राखेका थिए । दुई बर्ष अघि राष्ट्र संघको वैठकमा भाग लिन आएका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शिशिर खनालकै भाषाको अभिव्यक्ति दिएका थिए । त्यस वेला नागरिकता खोई अभियानले त ओलीको सार्वजनिक कार्यक्रम वहिरष्कार गर्न आग्रह गरेको थियो । विभिन्न विभादले त्यसवेला न्यूओर्कमा राखिएको ओलीको सार्वजनिक कार्यक्रम पनि अन्तिम समयमा रद्द भएको थियो । त्यसवेलाको सत्तारुढ पार्टी एमाले पछिल्लो चुनावमा खुम्चिएर अहिले निकै सानो भएको छ ।

नागरिकता खोई अभियानले वंशजको नागरिकताको निरन्तरताका लागि नेपालका विभिन्न स्थानमा जानकारी मुलक कार्यक्रम पनि गर्दै आएको छ । विदेशमा वस्ने नेपालीका परिवारको साथ लिएर अझ सकृय रुपमा यस मुद्दालाई उठाउने योजना रहेको घिमिरेले वताए । कुनै पनि नेपालीले विदेशको नागरिकता लिए पनि नेपाली नागरिकता त्यागेका छैनन । विदेशका सजिलोका लागि त्यहांको नागरिकता लिएका नेपालीलाई विभिन्न कानुन देखाएर अव तं नेपाली भईनस भनिएको छ । नागरिकता खोई अभियानले यसलाई सुधार गर्न लविगं गर्दै आएको छ । यो अभियानमा विदेशमा वस्ने ठुलो समुह आवद्ध छ ।