काठमाडौँ । निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहालमाथि कारबाही गर्न सिफारिस गरिएको छ ।
एआईजी अन्जनीकुमार पोखरेल नेतृत्वको एक सदस्यीय छानबिन समितिले सशस्त्र प्रहरी नियमावलीको दफा ११३ अनुसार दाहालमाथि कारबाही गर्न गृहमन्त्री सुधन गुरुङसमक्ष सिफारिस गरेको हो ।
गम्भीर सूचना चुहाएको आरोपमा निलम्बनमा परेका दाहालमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदनमार्फत कारबाहीको सिफारिस गरेको हो ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल निलम्बित भएका हुन्।
गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सशस्त्र प्रहरी बल नेपालबाट दाहाललाई कारबाहीका लागि सिफारिस प्राप्त भएपछि आरोपमाथि जाँचबुझ गर्न उनलाई निलम्बन गरिएको जनाएको थियो । मन्त्रालयले दाहालमाथि जाँचबुझ गर्न अधिकृतसमेत तोकेर तीन दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो ।
पूर्वप्रधानन्यायाधीश जबराका नातेदारसमेत रहेका दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहाएको आरोप लागेको छ । यही विषयमा अनुसन्धान गर्न उनलाई निलम्बन गरिएको बताइएको छ ।














प्रतिक्रिया