राजनीति-समाज

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा सभापति थापाले पार्टीभित्र सबै किसिमको गुट सकिएको बताएका हुन् । “आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन,” उनले भने ।

Advertisement

सभापति थापाले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने बताए । पार्टीभित्र लामो समयदेखि रहेका समूह र विभाजनभन्दा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

यसअघि पनि आफूले पार्टीको आन्तरिक व्यवस्थापनमा सीमित हुनेभन्दा कांग्रेसलाई समाज र जनताबीचको बहसमा केन्द्रित गरेको सभापति थापाले बताए ।

उनले आफ्नो समयको ठूलो हिस्सा पार्टीभन्दा बाहिर कांग्रेसका नीति, विचार र मुलुकका विषयमा बहस गर्न खर्चिने बताए । सभापति थापाले महाधिवेशन सकिएलगत्तै स्थानीय तहको निर्वाचनसम्म दिनरात खटिने बताए ।