राजनीति-समाज

सरकारमा राजनीतिक तथा प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल

सरकारमा राजनीतिक तथा प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री डा. मुकुल ढकालले वर्तमान सरकारमा राजनीतिक तथा प्रशासनिक अनुभवको कमी रहेको टिप्पणी गरेका छन् ।

ललितपुरको पुल्चोकमा सोमवार आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै ढकालले जेनजेड आन्दोलनबाट स्थापित शक्ति नभई अर्कै शक्तिले अहिले सरकार सञ्चालन गरिरहेको दाबी गरेका हुन् ।

Advertisement

उनले जेनजेड आन्दोलनले स्थापित राजनीतिक शक्तिलाई झकझकाउने र सुधार्ने उद्देश्य राखेको भए पनि आन्दोलन नियन्त्रणमा लिएर अर्कै शक्तिले पुराना राजनीतिक दल र नेताहरूलाई पूर्णरूपमा विस्थापित गरेको बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध व्यक्तिहरूमा समेत राजनीतिक अनुभवको कमी रहेको आफूले देखेको बताए । अचानक आएको जिम्मेवारीका कारण वर्तमान सरकारमा अनुभवको कमी देखिएको उनको भनाइ छ । तर फागुन २१ गतेको निर्वाचनपछि ठूलो जनमतबाट सरकारलाई अनुमोदन गरिसकेकाले त्यस जनमतको अवमूल्यन गर्न नहुने उनले बताए।

उनले भने, ‘जेन-जी आन्दोलन जुन भदौ २३ मा भयो, त्यसमा जसले आन्दोलन गर्‍यो, त्यो आन्दोलन गरेको शक्ति आज सत्तामा छैन । यो छुट्टै शक्ति आएर स्थापित भएको हो । फागुन २१ को चुनावमा जनताले अब देश बन्छ, अब देश बनाउनुपर्छ भन्ने आधारमा भोट दिएका हुन् ।’

उनले निर्वाचनमा जनताले देश निर्माणको अपेक्षासहित मतदान गरेको उल्लेख गर्दै अहिले सरकारको नेतृत्व गरिरहेको समूहमा रहेको अनुभवको कमीलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए । उनले सरकारले मुलुक र नागरिकको पक्षमा काम गर्ने दिशामा अघि बढ्नुपर्ने बताए ।