राजनीति-समाज

सांसद्ले उठाएका राष्ट्रिय मुद्दा सरकारले बेवास्ता गर्‍यो : आरेन राई

सांसद्ले उठाएका राष्ट्रिय मुद्दा सरकारले बेवास्ता गर्‍यो : आरेन राई


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

काठमाडौँ । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संसदमा उठाइएका राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सो पार्टीका प्रमुख सचेतक राईले आफूहरूले संसद्मा उठाएका राष्ट्रिय मुद्दालाई सरकारले पर्याप्तमात्रामा सम्बोधन गर्न नसकेको भनी दुःख व्यक्त गरे ।

Advertisement

उनले वैदेशिक रोजगारीका नाममा ‘फ्रि भिसा, फ्रि टिकट’ भनिएता पनि लाखौँ रुपैयाँ तिरेर विदेश जानुपर्ने विषय किन कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सचेतक राईले मुलुकका विभिन्न जिल्लामा बाँदर आतङ्कका विषयमा सरकारको ध्यानाकर्षण गराए पनि बाँदर नियन्त्रण र व्यवस्थापनका विषयमा प्रभावकारी ढङ्गले योजना बनाएर कार्यान्वयन नभएको भनी गुनासो गरे । नदी तथा खोला आसपासको अव्यवस्थित बसोबास र सुकुमवासी समस्या समाधान गर्नेतर्फ सरकारको ध्यान नपुगेको उनले बताए ।