राजनीति-समाज

वर्षाप्रभावितलाई सहयोग गर्न कांग्रेस कार्यकर्तालाई सभापति थापाको आग्रह

वर्षाप्रभावितलाई सहयोग गर्न कांग्रेस कार्यकर्तालाई सभापति थापाको आग्रह


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले देशभर लगातार भइरहेको वर्षाका कारण जनजीवन प्रभावित भएकाले सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन्।

उनले आइतबार सामाजिक सञ्जालमार्फत मौसम विभाग तथा सम्बन्धित निकायले जारी गरेका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै पत्राचार गरिएको जानकारी दिए।

Advertisement

थापाले भने,‘देशभर लगातारको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। मौसम विभाग तथा सम्बन्धित निकायहरूले जारी गरेका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै पत्राचार गरिएको छ।’

उनले अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता सुरक्षा रहेको उल्लेख गर्दै आफ्नो आफ्नो क्षेत्रको अवस्था बुझेर अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न कांग्रेसका नेताकार्यकर्तालाई आग्रह गरे।

उनले भने,‘अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता सुरक्षा हो। साथै, आफ्नो आफ्नो क्षेत्रको अवस्था बुझ्दै अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न सक्रिय रूपमा जुट्नुहुन सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछु।’