राजनीति-समाज

उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल

उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले निरन्तर वर्षा भइरहेकाले बागमती प्रदेशका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन् ।

मुख्यमन्त्री थापामगरले आज सन्देश जारी गर्दै निरन्तर वर्षा भइरहेका कारण खोलानाला तथा नदीको सतह बढ्दै गएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई थप सचेत रहन, सुरक्षित रहन, र लामो यात्रा नगर्न आग्रह गरे । 

Advertisement

उनले भने, “मौसमजन्य प्रकोप नियन्त्रण गर्न नसकिने भए पनि त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ, मौसम र प्रकृति हाम्रो नियन्त्रणभन्दा बाहिरको विषय भएकाले यसलाई नियन्त्रण गर्न सकिँदैन, तर यस्ता प्रकोपबाट हुने क्षति न्यूनीकरण भने अवश्य गर्न सकिन्छ र त्यसैमा हाम्रो प्रयत्न जारी छ ।”

 विपद् जोखिम न्यूनीकरणका निकाय एवं प्रदेश मातहतका सुरक्षा निकायदेखि सरोकारवालाहरू कुनै पनि घटनामा तत्काल उद्धारका लागि सक्रिय रहने गरी तयारीमा रहनसमेत आग्रह गरे ।