खेलकुद

एसियन गेम्स क्रिकेट : अफगानिस्तानमाथि नेपालको शानदार जित

एसियन गेम्स क्रिकेट : अफगानिस्तानमाथि नेपालको शानदार जित


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ।

आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।

Advertisement

नेपालको जितमा सन्दीप जोराले सर्वाधिक ३४ रनको योगदान दिए। रोहित पौडेल ३३ रनमा अविजित रहे भने दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो। उसका लागि फेसल शिनोजादाले ३३, नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन बनाए।

अफगानिस्तानलाई कम योगफलमा रोक्ने क्रममा नेपालका कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए।

नेपाल समूह ‘ए’ मा अफगानिस्तान र आयोजक जापानसँगै छ। बिहीबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको थियो।

नेपालले अब शनिबार जापानसँग प्रतिस्पर्धा गर्नेछ। समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन्।

क्वाटरफाइनलमा नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीसँग खेल्नेछ। यसअघिको एसियाली खेलकुदमा पनि नेपाल क्वाटरफाइनल पुगेको थियो, जहाँ भारतसँग पराजित भएको थियो।