राजनीति-समाज

राजनीतिक विश्लेषक भरत दाहाललाई साधारण तारेखमा रिहा गर्न आदेश

राजनीतिक विश्लेषक भरत दाहाललाई साधारण तारेखमा रिहा गर्न आदेश


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

दाहालकी छोरी डेनिका दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले बिहीबार साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

Advertisement

दाहाललाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नभएको सर्वोच्चले टिप्पणी गरेको छ ।

उनलाई प्रहरीले असोज ४ गते मोरङको बेलबारीबाट पक्राउ गरेको थियो । सामाजिक सञ्जालमा विवादस्पद अन्तर्वार्ता दिएको भन्दै प्रहरीले दाहाललाई नियन्त्रणमा लिएको थियो ।

‘द ग्रे जोन’ नामक अनलाइन समाचार पोर्टललाई उद्धृत गरेर दाहालले जेनजी आन्दोलनमा संलग्न नेताहरू बाह्य प्रभावबाट परिचालित भएको दाबी गरेका थिए । मोरङबाट पक्राउ परेका उनलाई साइबर ब्युरोमा ल्याइएको थियो ।

सर्वोच्च अदालतले दाहालको पछिल्ला अभिव्यक्तिहरूलाई ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग’ भनेको छ । यसअघि सर्वोच्च अदालतले रिटमाथि सुनुवाई गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो ।

‘निवेदकले यो संविधान र कानुनविरुद्ध हिंसात्मक आन्दोलनको आह्वान गरेको भन्ने समेत नदेखिएको र नेपालको संविधानको धारा १७ (२) (क) ले दिएको विचार र अभिव्यत्तिःको स्वतन्त्रतासम्बन्धी मौलिक हकको शान्तिपूर्वक उपयोग गरी विचार अभिव्यक्त गरेको देखिएको स्थितिमा निवेदकलाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने सम्मको कुनै पनि आधार कारण यस अदालतबाट भएको आदेशबमोजिम प्राप्त अनुसन्धानको मिसिलबाट देखिँदैन,’ आदेशमा भनिएको छ ।