राजनीति-समाज

पार्टीको हितका लागि लचकता अपनाएर अघि बढ्न तयार छु : सभापति थापा

पार्टीको हितका लागि लचकता अपनाएर अघि बढ्न तयार छु : सभापति थापा


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लचकता अपनाएर पार्टीको हितका लागि आफू अघि बढ्न तयार रहेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा सभापति थापाले पार्टीभित्र कसले जित्यो वा कसले आफ्नो अडान छाड्यो भन्ने रूपमा नभई लचकता अपनाएर पार्टीको हितमा अघि बढ्न आफू तयार रहेको बताएका हुन् । सबै तह, वर्गका व्यक्ति तथा व्यक्तित्वहरूलाई सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकवद्ध बनाएर राख्ने उनले बताए ।

Advertisement

सभापति थापाले पार्टीभित्रका सबै असहमति र असन्तुष्टि सम्बोधन भएको उल्लेख गर्दै अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने धारणा राखे ।

उनले पार्टीभित्रको आन्तरिक मतभेदलाई थाती राखेर बृहत्तर हितका लागि लचकता अपनाउन निवर्तमान सभापति शेरबहादुर देउवापक्ष र सम्पूर्ण नेताहरूलाई आग्रह गरे । पूर्वसभापतिको हैसियतमा देउवाले महाधिवशेन उद्घाटन गर्दा पार्टीलाई ठूलो सम्मान हुने उनको भनाइ छ । पार्टीलाई एक बनाउनका लागि रिसाएर कांग्रेस छोडेकाहरुलाई जोड्नु आवश्यक रहेको थापाले बताए ।