टेक्सस

आइबिसीद्वारा मन्दिरलाई ५० हजार डलर सहयोग

आइबिसीद्वारा मन्दिरलाई ५० हजार डलर सहयोग


ड्यालस (टेक्सस) । टेक्ससको होलसेल बिक्रेता कम्पनी इण्डिपेण्डेन्ट बायर्स एसोसिएसन (आइबीए) ले नेपाली समुदायको सकृयतामा निर्माण हुन लागेको मन्दिरका लागि ५० हजार डलर सहयोग गरेको छ ।

आइबिएले यसअघि विभिन्न चरणमा डेढ लाख डलरको हाराहारीमा सहयोग गरिसकेको छ। रेन्जर होलसेल, ड्यालसमा सञ्चालित नेपालीकोहरु व्यवसाय तथा विभिन्न संघ–संस्थाको पहल र समन्वयमा आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता आइबिएले जनाएको छ। सोही क्रममा कम्पनीका उच्च पदाधिकारीहरूले युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बुद्ध विहारका पदाधिकारीहरूलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए।

Advertisement

कार्यक्रममा आइबिएले नेपालको भोटेकोशी नदीको महाप्रलयबाट भएको जनधन पीडितहरुका लागि राहत प्रदान गर्न नेपाली समाज टेक्ससले स्थापना गरेको राहत संकलन अभियानमा १० हजार डलर सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

त्यस अवसरमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टी अध्यक्ष डा. प्रेम अधिकारी, कार्यसमिति अध्यक्ष सीता बस्नेत सापकोटा, नेपाली समाज टेक्ससका अध्यक्ष विजय भुसाल, निवर्तमान अध्यक्ष राजेन्द्र वाग्ले लगायतले आइबिसीको निरन्तर सहयोगका लागि कृतज्ञता ज्ञापन गरेका थिए ।