सूचना-प्रविधि

बाढी प्रभावित क्षेत्रमा टेलिकमको नि:शुल्क सञ्चार सुविधा थप अवधि कायम

बाढी प्रभावित क्षेत्रमा टेलिकमको नि:शुल्क सञ्चार सुविधा थप अवधि कायम


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । बाढीबाट प्रभावित तथा आसपासका क्षेत्रमा नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको नि:शुल्क सञ्चार सुविधा तत्कालका लागि निरन्तर रहने भएको छ ।

कम्पनीका अनुसार प्रभावित क्षेत्रमा भ्वाइस कल, मोबाइल डेटा र एसएमएस सेवा नि:शुल्क रूपमा प्रयोग गर्न सकिने व्यवस्था अर्को निर्णय नभएसम्म कायम रहनेछ। यसअघि भदौ १४ गतेसम्म लागू गरिएको सुविधालाई थप अवधि निरन्तरता दिइएको हो ।

Advertisement

यस व्यवस्थाअन्तर्गत सेवाग्राहीले नि:शुल्क भ्वाइस सेवा, दैनिक २ जिबी मोबाइल डेटा र ५० वटा एसएमएस प्रयोग गर्न पाउनेछन् । विपद्का कारण सञ्चार सम्पर्क प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध सुविधाको आवश्यकता अनुसार उपयोग गर्न प्रभावित क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

बाढीबाट टेलिकमका विभिन्न भौतिक पूर्वाधारमा क्षति पुगेपछि सेवा अवरुद्ध हुन नदिन तथा क्षतिग्रस्त संरचनाको पुन:स्थापना र मर्मतका लागि प्राविधिक जनशक्ति परिचालन गरिएको कम्पनीले जनाएको छ ।

टेलिकमका अनुसार अधिकांश प्रभावित स्थानमा दूरसञ्चार सेवा सञ्चालनमा आइसकेको छ। सेवा नियमित हुन बाँकी क्षेत्रहरूमा पनि प्राविधिक टोलीले आवश्यक काम जारी राखेको छ ।