मुख्य समाचार

पाँच वर्ष कैद सजायको माग गर्दै दुर्गा प्रसार्ईंविरुद्ध मुद्दा दायर

पाँच वर्ष कैद सजायको माग गर्दै दुर्गा प्रसार्ईंविरुद्ध मुद्दा दायर


शेयर गर्नुहोस:

891
Shares

  • change font
  • change font

काठमाडौँ । मेडिकल व्यवसायी एवम् नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले प्रसाईंलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजाय गर्न माग गरेको छ । उक्त दफामा कसुरदारलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

Advertisement

साथै, उनले पटक–पटक यस्तो कसुर गरेको देखिएकाले सोही ऐनको दफा ४७ (२) बमोजिम थप सजाय र अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउनसमेत माग गरिएको छ ।

मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले सामाजिक सञ्जाल (फेसबुक)मार्फत आगामी निर्वाचनको सन्दर्भमा भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको अभियोगपत्रमा उल्लेख छ ।

प्रसाईंले फेसबुकमा भिडियोहरू पोस्ट गर्दै राजसंस्था र हिन्दु राज्य कायम नभएसम्म चुनाव हुन नदिने र चुनाव भएमा देशमा अशान्ति मच्चिने खालका अभिव्यक्ति दिएका थिए ।