मुख्य समाचार

सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन

सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन


शेयर गर्नुहोस:

756
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले कालोधनलाई सेतो बनाउने कार्यलाई रोक्नुपर्ने बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कालोधनलाई वैध बनाउने गतिविधि आपराधिक भएको बताएका हुन् ।

Advertisement

‘सम्पत्ति शुद्धीकरण नियन्त्रण गर्नलाई अथवा नियमन गर्नलाई कारबाही गर्नलाई विभाग नै छ, सरकारसँग, ’ उनले भने, ‘अहिले मात्रै गर्न लागेको होइन, तपाईंलाई भ्रम नपरोस्, सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, त्यो नियन्त्रण गर्ने, हेर्ने विभाग छ । त्यो सरकारको रेगुलर काम हो ।’

२०४८ सालपछि सार्वजनिक पदमा रहेका सबै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाइ छ ।

यसको लागि उच्चस्तरीय छानविन आयोग गठन गरिए अझ प्रभावकारी हुने उनले बताए ।