मुख्य समाचार

संख्याकै बलमा प्रतिशोध हुँदैन, सुशासनको वेग रोकिँदैन : रवि लामिछाने

संख्याकै बलमा प्रतिशोध हुँदैन, सुशासनको वेग रोकिँदैन : रवि लामिछाने


शेयर गर्नुहोस:

405
Shares

  • change font
  • change font

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले अब संख्याकै बलमा प्रतिशोध र अत्याचार नहुने बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आस्थाकै आधारमा अब कसैलाई पनि फरक व्यवहार नहुने बताए ।

‘हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गरिएको छ । र, अध्यादेश पनि ल्याइएको छ’। लामिछानेले भने, ‘त्यस्ता गलत क्रियाकलाप यथाशीघ्र सच्याइनेछ । प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन । आस्थाका आधारमा फरक व्यवहार अब दोहोरिने छैन ।’

Advertisement

साथै, अन्यायपूर्वक विधि नै मिचेर कसैको माइक नकाटिने बताए । ‘अब अन्यायपूर्वक विधि नै मिचेर सुन्न मन लागेका कुरा नसुनौँ भनेर कसैको माइक काटिने छैन । संसदीय समितिमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन’, लामिछानेको प्रतिबद्धता छ ।

तर, यी सबै काम अघि बढाउँदै गर्दा सुशासनको वेग भने नरोकिने उनको भनाइ छ । ‘तर सुशासनको वेग भने रोकिने छैन । न्याय माग्ने पहिलो हक शहीदकी आमाको हो । यसलाई प्रतिशोध भन्न पाइने छैन’, लामिछानेले भने ।