मुख्य समाचार

संसद्‌मा हर्क साम्पाङ : एमसिसी खारेज गर्नुपर्छ

संसद्‌मा हर्क साम्पाङ : एमसिसी खारेज गर्नुपर्छ


शेयर गर्नुहोस:

432
Shares

  • change font
  • change font

काठमाडौँ । श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद् हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसिसी खारेज गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।

Advertisement

‘म यहाँ मनको कथा राख्न चाहन्नँ । हामी के गरिरहेका छौँ, भोलि के गर्नुपर्छ भन्नेबारे जनताका मागहरू भन्न चाहन्छु,’ उनले भने, ‘देशको स्वाधिनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरू गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धि एमसिसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु ।’