मुख्य समाचार

प्रधानन्यायाधीश राउत सेवानिवृत्त

प्रधानन्यायाधीश राउत सेवानिवृत्त


शेयर गर्नुहोस:

513
Shares

  • change font
  • change font

काठमाडौँ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई बिदाइ गरिएको छ। ६५ वर्षे उमेर हदका कारण कार्यकाल सकिएपछि अदालतबाट उनलाई बिदाइ गरिएको हो। अब वरिष्ठताको रोलक्रममा रहेकी सपना प्रधान मल्लले कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै छिन्।

डेढ वर्षअघि न्यायपालिकाको नेतृत्व लिँदै सिंहले आफूले कर्तव्य र निष्ठामा आँच आउन नदिने वाचा गरेका थिए। त्यसअनुसार उनले पुराना मुद्दा टुंगाउने प्रयत्न गरे। २३ र २४ भदौमा जेन–जी आन्दोलनले न्यायपालिकामा भएको आक्रमणले मुद्दा फछ्र्योटमै असर पुगेको छ।

Advertisement

जेन–जी आन्दोलनपछि मुद्दा छिन्नमा तटस्थ देखिएका प्रधानन्यायाधीश राउत कतिपय मुद्दा थाती राखेर बिदा भएका छन्। जस्तै, संसद् पुनःस्थापनाका पक्षमा परेका मुद्दामा सुनुवाइ हुन सकेन। नेपाली कांग्रेसभित्रको विवादको विषय पनि विचाराधीन छ। त्यसैगरी, महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धका मुद्दा पनि बाँकी नै छन्। आफू बाहिरिने बेला उनले अदालतमा विचाराधीन मुद्दामा जोखिम मोल्न चाहेनन्।

जेन–जी आन्दोलनअघि भने विभिन्न जिल्ला अदालतमा छड्के जाँच गर्दै सुधारका काम थालेका थिए। आफ्नो इमानदारी र निष्ठा डगमगाउन नदिएका प्रधानन्यायाधीश राउतले आठ वर्ष पुराना मुद्दा शून्यमा झार्न सफल भएका थिए।