काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई पक्राउ गरेको छ। सम्पत्ति छानबिनका लागि उनलाई आइतबार बिहान पक्राउ गरेको हो।
२४ भदौको आन्दोलनमा उनको घरमा भेटिएको पैसाको अनुसन्धानको निरन्तरतास्वरुप उनी पक्राउ परेका हुन् । खड्कालाई सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ गरिएको सिआइबीका एआइजी डा मनोज केसीले बताए। प्रहरीले जरुरी पक्राउ पूर्जी दिएर उनलाई पक्राउ गरेको हो । आजै उनलाई अदालतमा उपस्थित गराउने सिआइबीको तयारी छ।
सरकारले शुक्रबार मात्र २०४८ सालयता सार्वजनिक पदमा पुगेका नेता र उच्चपदस्थको सम्पत्ति छानबिनका लागि अधिकारसम्पन्न छानबिन समिति गठन गर्ने निर्णय गरिसकेको छ ।












प्रतिक्रिया