मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

निर्वाचन सम्पन्न भएसँगै देशले निकास पाउने मतदाताको विश्वास

निर्वाचन सम्पन्न भएसँगै देशले निकास पाउने मतदाताको विश्वास


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ ।  “यो चुनाव सफल हुनुपर्छ र देशले निकास पाउनुपर्छ”, काठमाडौंको अनामनगर निवासी वासुदेव गिरीले भने। पञ्चायतकालदेखि काठमाडौंको निर्वाचनमा सहभागी भएको अनुभव सँगालेका उनलाई सुरुमा निर्वाचन होला वा नहोला भन्ने चिन्ता थियो।

यही चिन्ताका बीच आज बिहान ७ः०० बजेदेखि देशभरका १६५ निर्वाचन क्षेत्रमा उत्साहपूर्वक मतदान भइरहेको सुनेपछि उनी पनि उत्साहित भए। जारी प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं १ को साविक मिलन विद्या मन्दिर मतदान केन्द्रमा आफ्नी श्रीमतीसहित मतदान गरेपछि ज्येष्ठ नागरिक गिरीले भने, “मुलुकमा शान्ति, अमनचयन, सुशासन र समृद्धि चाहिएको छ। यसका लागि सबै मतदाताले आफ्नो विवेक प्रयोग गरिरहेका छन्। यसले म पनि उत्साहित छु।”

Advertisement

नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासङ्घका पूर्वअध्यक्ष गिरीले २०४३ सालमा भएको निर्वाचनमा काठमाडौंमा जम्मा दुई निर्वाचन क्षेत्र रहेको बेलादेखि यहाँबाट मतदान गर्दै आएका छन्। त्यसबेला राजनीतिक दलका तर्फबाट उम्मेदवार नभई स्वतन्त्र उम्मेदवार रहने गरेकामा त्यसबेला वीरेन्द्र श्रेष्ठ तथा पद्मरत्न तुलाधर विजयी भएको गिरीको सम्झनामै छ।

“त्यसबेला र अहिलेको समयमा धेरै बदलाव आइसकेको छ। अहिले दश निर्वाचन क्षेत्र छन्। जनसङ्ख्या पनि धेरै वृद्धि भएको छ। देश विकासको यात्रा अघि बढे पनि अस्थिरता बढेकामा भने चिन्ता लागिरहेको छ”, उनले भने।

उनी यसपटकको निर्वाचनबाट पनि राजनीतिक स्थिरता कायम भई विकासले थप गति लिने आशामा छन्।

“शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेको छ। सबै राजनीतिक दल, उम्मेदवार र मतदाताले सौहार्दता अपनाएमा निर्वाचन सफल हुन्छ। अवकाशप्राप्त जीवनमा मेरो त अरु अपेक्षा छैन, देशले निकास पाओस्”, गिरीले भने

काठमाडौं निर्वाचन क्षेत्र नं १, अनामनगरस्थित काठमाडौं महानगरपालिका–२९ मतदान केन्द्रका मतदाता राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले प्रचार गरिए जस्तो मतदानमा ठूलो भीडभाड नदेखिएको प्रतिक्रिया दिए।

“मुलुकमा बाध्यात्मक अवस्थामा निर्वाचन भएको छ। स्थिरता, सुशासन र रोजगारीको समस्या जर्जर छ। त्यसैका आधारमा जेनजी विद्रोह पनि भयो, तर निर्वाचनले ती माग र आवाजलाई पूर्ण रूपमा सम्बोधन हुने गरी परिणाम दिन्छ कि दिन्न भन्ने अन्योल छ।” उनले भने।

त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक डा केसीले नयाँ, पुराना दल र उम्मेदवार जे जे भने पनि जितेर आउनेले इमानदार भएर जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए।

उक्त मतदान केन्द्रका मतदान अधिकृत रमेश भट्टराईले मतदाताले उत्सापूर्वक सहभागिता जनाइरहेको बताए। उनले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, सुत्केरी, गर्भवतीलाई लाइन बस्न नपर्ने गरी प्रबन्ध गरिएको जानकारी दिए।

काठमाडौंका सबै क्षेत्रमा आज साँझ नै मतपेटिका सङ्कलन भई सर्वदलीय सहमति भएमा आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी रहेको छ। काठमाडौं निर्वाचन क्षेत्र ४ का निर्वाचन अधिकृत कृष्णा भण्डारीले दिउँसो ३ः३० बजेसम्म उत्साहपूर्वक मतदान भएको जानकारी दिए। निर्वाचनमा खटिएका कर्मचारी पनि उत्साहित रहेको जनाउँदै उनले यस क्षेत्रको काठमाडौं महानगरपालिकाका वडामा भन्दा बुढानीलकण्ठ नगरपालिकाका वडा र स्थलमा बढी मतदान भएको बताए।

निर्वाचन अधिकृत भण्डारीले आफूहरू अधिकांश मतदानस्थलमा स्थलगत अवलोकनमा पनि भएको र बुढानीलकण्ठ नगरपालिकाको जय भद्रकाली मतदानस्थलमा यतिबेलासम्म करिव ६० प्रतिशत मतदान भएको जानकारी दिए।

निर्वाचन आयोगले मतदान सम्पन्न भई मतपेटिका सङ्कलन भएपछि गणना सुरु गर्ने र गणना सुरु भएको २४ घन्टाभित्र मत परिणाम आइसक्ने गरी तयारी गरेको छ। आयोगले दुर्गम पहाडी जिल्लाका ६१ स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत र अन्य स्थानको मतपेटिका गाडीबाट सङ्कलन हुने जनाएको छ।

शेयर गर्नुहोस:

81
Shares