काठमाडौं । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ । दूतावासले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिलाई दृष्टिगत गर्दै कतारमा रहेका सम्पूर्ण नेपालीलाई सतर्कता अपनाइ सुरक्षित रहन अनुरोध गरेको हो ।
दूतावासले कतारमा रहेका नेपालीसँग टेलिफोनलगायत माध्यमबाट नियमित सम्पर्कमा रहेको जनाएको छ । कतारमा हाल तीन लाख ६० हजार श्रमिक छन् । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि शनिबार संयुक्त रूपमा सैन्य आक्रमण गरेपछि त्यसको प्रत्याक्रमणमा इरान उत्रिएपछि पश्चिम एसियमा तनाव बढेको छ ।












प्रतिक्रिया