मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

निर्वाचनका लागि तीन दिन बिदा गर्न आयोगको सिफारिस

निर्वाचनका लागि तीन दिन बिदा गर्न आयोगको सिफारिस


शेयर गर्नुहोस:

432
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिताका लागि तीन दिन बिदा सिफारिस गरेको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको हो ।

Advertisement

गोरखापत्र संस्थानले आयोजना गरेको निर्वाचन अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सहसचिव भट्टराईले भने, ‘आयोगले यस पटक निर्वाचनमा उत्साहजनक सहभागिता बढाउन मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्ट समेत गरी तीन दिन सार्वजनिक बिदा दिन नेपाल सरकारलाई सिफारिस गरेको छ ।’

फागुन १८ गते सोमबार पहाडी जिल्ला र फागुन १९ गते मङ्गलबार तराईका जिल्लामा फागु पूर्णिमा अर्थात् होली पर्वको सार्वजनिक बिदा परेको छ । तीन दिन सार्वजनिक बिदा दिँदा विभिन्न पेसा र व्यवसायमा मतदाता नामावली भएको स्थानबाट टाढा रहेका मतदातालाई मतदान स्थलसम्म जान सहज हुने विश्वास गरिएको छ ।

शेयर गर्नुहोस:

432
Shares